Techie IT
  • २९ वैशाख २०८२, सोमबार
Jhilko

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो


बिहीबार नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ। यस दिन नेप्से ८.२७ अंक बढेर १९६४.०२ विन्दुमा बन्द भएको छ।

यस दिन २०४ कम्पनीको ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम कम हुँदै गएको छ ।

९८ लाख ८३ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएका छन् । विकास बैंक र हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । बिमा, उत्पादनमूलक तथा व्यापारिक लगायतका समूहहरुमा बढी तेजी देखिएको छ । यस दिन लिबर्टी इनर्जी र नारायाणी डेभलपमेन्ट बैंकको सेयर भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ३७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा ग्लोबल आइएमई संस्थापक शेयर परेका छन् । यसदिन सबैभन्दा धेरै गुमाउनेमा अपर तामाकोशीका लगानीकर्ता रहेका छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट