Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

डाक्टरहरुको आन्दोलनका कारण बिरामीले अकस्मिक सेवा समेत पाउन सकेनन्


काठमाण्डौं, १२ असोज । डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् । अस्पतालमा आकस्मिक उपचार सेवा समेत पाउन नसकेको बिरामी र आफन्तको गुनासो छ ।
काठमाण्डौका ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित छ । डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको छ ।

स्वास्थ्यकर्मी धर्ना तथा जुलुसमा सहभागी भएका कारण बिरामीले उपचार पाउन सकेका छैनन् । आन्दोलनकै कारण अस्पतालका अरु सेवा पनि प्रभावित भएका छन् । सुरक्षित कार्यस्थलको माग राखेर डाक्टर र स्वास्थ्यकर्मीहरुले चार दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा सुरक्षित काम गर्ने वातावरण नभएको र मनोबल नै खस्किएको सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका सदस्य डा. दिक्षान्त आचार्यले बताए । गृह मन्त्रालयले अस्ति बुधवार स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । तर डाक्टर र स्वास्थ्यकर्मीहरुले अझै सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण र कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह गरेको छ । विभिन्न अस्पतालमा कार्यरत डाक्टरमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोडलाई लिएर डाक्टरहरु आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा असर पुगेको आयोगले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट