राष्ट्रपति पौडेलद्वारा पाँच जना महिला चिकित्सक सम्मानित

काठमाडौं, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्याउने पाँच जना महिला चिकित्सकलाई सम्मान गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा शुक्रबार राष्ट्रपति भवनमा नेपाल चिकित्सक संघले आयोजना गरेको सम्मान कार्यक्रममा वमन इन मेडिसिनबाट पाँच जना महिलालाई राष्ट्रपति पौडेलले सम्मान गरेका हुन् ।
वमन इन मेडिसिनबाट सम्मानित हुनेहरुमा डा. अर्चना अमात्य, डा. गिता शाक्य, डा. मिता सिंह, डा. कोकिला बैद्य र प्रमिला प्रधान छन् ।
यसैगरी, अन्य पाँच जना महिलालाई लाइभ टाइम अचिभमेन्ट प्रदान गरिएको छ । लाइभ टाइम अचिभमेन्ट पाउनेहरुमा डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस