Techie IT
  • २०८१ वैशाख २२, शनिबार

चिकित्सकहरूमाथि दुर्व्यवहार भएको घटनालाई लिएर हेटौँडाका अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बन्द


हेटौँडा, २९ भदौ । चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थाहरूको सेवा शुक्रवार बिहानबाट बन्द गरिएको छ । चिकित्सकहरूमाथि दुर्व्यवहार भएको घटनालाई लिएर सेवा बन्द गरेको जनाएको छ ।

स्वास्थ्यकर्मीहरुले हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् । हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाले चिकित्सकमाथि भएको दुर्व्यवहार विरोधमा शुक्रवार अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए । यता नागरिक अगुवा र मानव अधिकारकर्मीहरुले भने स्वास्थ्य संस्था बन्द गर्नु अमानवीय भएको भन्दै तत्काल वार्ताबाट समाधान खोज्न सुझाव दिएका छन् ।

 हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाले चिकित्सकमाथि भएको दुर्व्यवहार विरोधमा शुक्रवार अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए । 

डुङ्गेको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए ।

चिकित्सामाथि कुटपिटमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतक श्रेष्ठका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नै नियन्त्रणमा लिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट