Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड छाउनी अस्पतालमा


काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि अस्पतालमा आराम गरिरहेका छन् ।

शल्यक्रियापछि अस्पतालकै वार्डमा रहेका उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सक तथा अस्पताले जनाएको छ ।उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा प्रधानमन्त्री प्रचण्डले बुधबार अस्पतालमै पुगेर जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट