Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

कान्ति बाल अस्पतालको घटना छानबिन गर्न समिति गठन

आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै बिरामीको मृत्यु


काठमाडौं, २० भदौ । कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

अस्पतालका निर्देशक डा. पकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिले पाँच दिन भित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा. रायले जानकारी दिए ।  

मकवानपुर थाहा नगरपालिका–१० घर भएर काठमाडौँ बाफलमा बस्दै आएकी पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएकाले सोमबार अपराह्न ५ बजे उनका आमा र हजुरबुवाले कान्ति अस्पतालको आकस्मिक कक्षमा पुर्याएका थिए ।

आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै उनको मृत्यु भएको थियो । परिवारका अनुसार उनीहरुले आकस्मिक कक्षामा ८० मिनेट पालो कुर्नुपरेको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट