Techie IT
  • २०८१ जेष्ठ १, मंगलबार

चिनियाँ र अमेरिकी विदेशमन्त्री बीच बेइजिङमा पाँच घन्टा बढी बन्द कोठा


काठमाडौं । चिनियाँ र अमेरिकी विदेशमन्त्री बीच बेइजिङमा पाँच घन्टा बढी बन्द कोठा बैठक भएको छ । सन् २०२१मा जो बाइडेनले राष्ट्रपति पदको पदभार ग्रहण गरेयता अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको हैसियतमा यो पहिलो चीन भ्रमण भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना चिनियाँ समकक्षी किन ग्याङ र अन्य वरिष्ठ अधिकारीहरूसँग उच्च प्रोफाइल वार्ताका लागि आइतबार चीनको भ्रमणमा बेइजिङ पुगेका थिए । ब्लिन्केनले भ्रमणको पहिलो दिन अमेरिकाका लागि पूर्व राजदूतको हैसियतमा रहेका बेला चिनियाँ विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका किनसँग पाँच घण्टा भन्दा बढी बन्द ढोका वार्ता गरेका थिए । दुवै पक्षले वार्ताबारे खासै जानकारी नखुलाएको समाचारमा जनाइएको छ । ब्लिन्केनका प्रवक्ता म्याथ्यू मिलरले वार्तालाई निरपेक्ष, ठोस र रचनात्मक भनी टिप्पणी गरे । मिलेरले भने “ विदेशमन्त्रीले चिन्ताका धेरै मुद्दाहरू उठाउनुभयो । साथै पीआरसीसँग साझा अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहयोग अन्वेषण गर्ने अवसरहरूमा हाम्रा चासोहरू मिल्छन् । ब्लिन्केनले किनलाई अमेरिकी सरकार सधैँ चासो र हितका लागि खडा हुनेछ भन्नुभयो। अमेरिकी जनताको मूल्यमान्यता र यसका सहयोगी र साझेदारहरूसँग विश्वको लागि हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन काम गर्दछ।” चिनियाँ पक्षले त्यस्तै छोटो अभिव्यक्ति सार्वजनिक गरेको छ । किन ग्याङले ब्लिन्केनसँगको कुराकानीमा ताइवान मुद्दा चीनको मुख्य चासोको केन्द्रबिन्दु, चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण मुद्दा र सबैभन्दा प्रमुख जोखिम हो भनेर औंल्याएको चीनको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । ब्लिन्केनको चीन भ्रमणका बेला राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता हुने नहुने सार्वजनिक गरिएको छैन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट