Techie IT
  • २०८१ जेष्ठ १, मंगलबार

संगीत प्रकाशक समूहद्वारा ट्विटरविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति मुद्दा दायर


काठमाडौं । अमेरिकाका १७ संगीत प्रकाशकहरूको एक समूहले ट्विटर विरुद्ध २५ करोड अमेरिकी डलर बराबर क्षतिपूर्ति तिर्नुपर्ने मुद्दा दायर गरेको छ । ट्विटरले करिब १७०० गीतहरूको प्रतिलिपि अधिकार उल्लंघन गरेको दाबी गरी सो मुद्दा राष्ट्रिय संगीत प्रकाशक संघले दायर गरेको हो । न्यासभिलको संघीय जिल्ला अदालतमा दायर गरिएको मुद्दामा ट्विटरले नाफाको लागि उल्लंघन गर्न अनुमति दिएको र उल्लंघन गर्न प्रोत्साहन गरेको दाबी गरिएको छ । एलन मस्कले कम्पनी किन्दा स्थितिमा सुधार नभएको बताइएको छ । सोनी म्युजिक पब्लिशिङ, बीएमजी राइट्स म्यानेजमेन्ट र युनिभर्सल म्युजिक पब्लिशिङ ग्रुपलगायत फर्महरूको प्रतिनिधित्व गर्ने एनएमपीएले ट्वीटरले आवश्यक इजाजतपत्र शुल्क नतिरिकन लाइसेन्स नभएको संगीतको उपलब्धताबाट ठूलो नाफा कमाएको आरोप लगाएको छ । बीबीसीका अनुसार ट्विटरले यसबारे प्रतिक्रिया दिएको छैन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट