Techie IT
  • २०८१ जेष्ठ १, मंगलबार

बेलारुसमा रुसी आणविक हतियार तैनाथ


मस्को । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ। अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए । मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दूरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, ‘मेरो अमेरिकासँग लड्ने योजना छैन, रणनीतिक हतियार मात्र हाम्रो लागि ठीक छ।’ इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको उनले बताए । लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन्। फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो। रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू आउँछन्।      



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट