Techie IT
  • २०८१ जेष्ठ १, मंगलबार

तेल ग्याँसको अमेरिकी बहुराष्ट्रिय कम्पनी एक्सोन मोबिलले तेल चोरी गरेको नाइजेरियाको आरोप


काठमाडौं । तेल ग्याँसको अमेरिकी बहुराष्ट्रिय कम्पनी एक्सोन मोबिलले तेल चोरी गरेको नाइजेरियाले आरोप लगाएको छ । नाइजेरियाको तेल नियामकले एक्सोन मोबिलले बोनी नदी टर्मिनलमा अवैध पेट्रोलियम लिफ्टिङ अपरेसनमार्फत चोरी गरेको आरोप लगाएको हो । नाइजेरियाको नियामक निकायले जुन ८को पत्रमा यो आरोप लगाएको छ । एक्सोनमोबिलले गरेको आर्थिक तोडफोड र आपराधिक क्षतिसहित लगेको राष्ट्रिय स्रोतको यो चोरी भएको नाइजेरियाको नियामक निकायका प्रमुख कार्यकारी फारुक अहमदले जनाएका हुन् । एक्सोनले नाइजेरियाको सहभागिता बिना बोनी नदी टर्मिनलबाट ग्याँस ढुवानी गरेको अहमदले जनाए । चिफ अफ डिफेन्स स्टाफ जनरल लियो इराबोरलाई लेखिएको पत्र मिडियामा सार्वजनिक हुन पुगेको हो । नाइजेरियाको तेल प्राधिकरणले यसबारे अनुसन्धान भइरहेको बेला जहाजको गतिविधि रोक्नु पर्ने बताएको छ। एक्सोनले यो आरोप अस्वीकार गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट