Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

दुई हजार वर्षमा विलाएजति सगरमाथाको हिँउ बराबर विगत तीस वर्षमा विलाएकोमा विज्ञहरूको चिन्ता


काठमाडौं । जलवायु परिवर्तन र बढ्दो गर्मीका कारण सगरमाथा क्षेत्रको हिँउ पग्लिएर हराउँदै गएको छ । दुई हजार वर्षमा विलाएजति सगरमाथाको हिँउ बराबर विगत तीस वर्षमा विलाएको छ । विज्ञहरूले यसको संरक्षण नेपालको लागि मात्र नभइ समग्र दक्षिण एसियाली क्षेत्रका लागि संकट निम्त्याउनेमा चिन्ता व्यक्त गरिरहेका छन् । यस्तो चिन्ता हालै सम्पन्न भएको ७०औँ सगरमाथा शिखर सम्मेलनमा सामेल विज्ञहरूले पनि बताए । मे २९ सन् १९५३ मा न्युजिल्यान्डका एडमण्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाको आरोहणले पर्वतारोहणलाई सदाका लागि परिवर्तन गरेको थियो । नेपालले सन् २००८मा हिलारीको मृत्यु पछि सगरमाथा दिवसको रूपमा वार्षिकोत्सव मनाउन सुरु गरेको थियो । ८८४९ मिटरको यो हिमचुचुरोले अब वर्षमा हजारौं आरोहीहरूको साक्षी रहेको छ । ग्लोबल वार्मिङले सम्पूर्ण विश्वलाई असर गरिरहेको बेला जलवायु परिवर्तनको असरले हिमालयको उचाइमा विशेष गरी गम्भीर समस्या उत्पन्न गरेको छ । साथै यसले हिउँ पग्लने र हिमनदी र तालहरू सुक्दै गएको समस्या गम्भीर भएको औँल्याइएको छ । हिमालको फेदमा हुर्केका प्रख्यात शेर्पा आङ छिरिङले आफ्नो गाउँ नजिकैको हिमनदीमा चिप्लेटी खेलेको कथा सम्झिरहेको तर अहिले त्यो हिमनदी नरहेकोमा चित दुखाउ गर्ने गर्छन् । उनको स्मरण मात्र यस्तो छैन् । १७ वर्षको उमेरदेखि नै सगरमाथा आरोहण गर्दै आएका शेर्पा फुर्वा तेन्जिङको स्मरण पनि यस्तै छ । हिमबाटोको हिउँ पग्लिसकेकाले पहिले पाँच ६ घन्टे पदयात्रा अहिले आधा घन्टाको बनेको फुर्वा बताउँछन् । यो पहाडी क्षेत्रमा बसोबास गर्नेहरूका लागि मात्रै होइन यस क्षेत्रका सबैका लागि विशेष गरी तलको धारमा बस्नेहरूका लागि खतराको घन्टी पनि हो । दक्षिण एसियाको धेरैजसो भूभाग कृषि र पिउने पानीका लागि हिमालयबाट निस्कने नदीहरूमा निर्भर छन्। चरम बाढी र खडेरीको थप जोखिम पनि छन् । नेपालले पर्वतारोहीहरूलाई आफूले लगेको फोहर आफै बिसाउनु भनी प्रावधान गरेपनि यसको कठोर पालन गर्ने विधि प्रक्रिया बनेको पाइँदैन् । जसले गर्दा यसक्षेत्रको फोहरले समस्या बल्झाइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट