Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

जर्मनीमा आईटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुणा पुग्ने


नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग सङ्घ ‘बिटकम’ ले चेतावनी दिएको छ ।

बिटकमका अनुसार पछिल्लो पाँच वर्षमा सूचना प्रविधि क्षेत्रमा दक्ष कामदारको अभाव उल्लेख्य रूपमा बढेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ४९ हजार रोजगारी रिक्त रहेको छ । यो सङ्ख्या पाँच वर्षअघिको तथ्याङ्कको तुलनामा झण्डै दोब्बरले बढेको छ भने विद्यालय, प्रशासन र वैज्ञानिक संस्थासहित विभिन्न संस्थामा आईटी–केन्द्रित धेरै पदहरू खाली रहेका छन् ।

बिटकमका अध्यक्ष राल्फ विन्टरगर्स्टले आईटी विशेषज्ञहरूको अभावले जर्मनीको डिजिटल भविष्यलाई खतरामा पार्न सक्ने बताउनुभएको छ । सङ्घको प्रतिवेदनले सन् २०४० सम्ममा देशमा तीन लाख २१ हजार आईटी विज्ञको परिपूर्ति गर्ने उद्देश्यले विदेशबाट दक्ष कामदारको भर्ती बढाउन सुझाव दिएको छ । जर्मनीमा बुढ्यौली समाजले गर्दा दक्ष कामदारको अभावलाई बढाएको छ र यो विभिन्न पेसामा फैलिएको छ ।

सन् २०२३ मा सरकारले विदेशबाट दक्ष कामदारहरूको भर्ती गर्न व्यापक उपायका साथ नयाँ कानुन पारित गरेको छ । यसमा रोजगारी अध्यागमनका लागि कम तलब आवश्यकता, छिटो प्रक्रिया र प्रतिभाशाली र अनुभवी विशेषज्ञहरूका लागि श्रम बजारमा सजिलो पहुँच समावेश गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट