Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

थाइल्यान्डमा वायु प्रदूषण उच्च, वायु प्रदूषणजन्य रोगका विरामी बृद्धि


थाइल्यान्डमा वायु प्रदूषण उच्च रहेको छ । जसको कारण वायु प्रदूषणजन्य रोग बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२४ को शुरुवातमा प्रदूषणजन्य रोगका घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ ।

सन् २०२३ को पहिलो नौ हप्ताको तथ्याङ्कमा १३ लाख जना नागरिकले वायु प्रदूषणजन्य रोगको उपचार गराएकामा २०२४ को यही अवधिमा यो सङ्ख्या बढेर १६ लाख जना पुगेको छ । समग्रमा सन् २०२३ मा थाइल्यान्डका एक करोड जनाभन्दा बढी नागरिकले वायु प्रदूषणसँग सम्बन्धित रोगको उपचार गराएका खबरमा उल्लेख छ ।

थाइल्यान्डको जनसङ्ख्या झन्डै सात करोड २० लाख जना छ । त्यहाँको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद्को तथ्याङ्कअनुसार थाइल्यान्डको वायुको गुणस्तर दिनप्रतिदिन बिग्रँदै गएको छ । विशेषगरी उत्तरी थाइल्यान्डमा वर्षको शुरुदेखि फराकिला जग्गाजमिन र जङ्गलमा लागेको आगोका कारण हानिकारक धुवाँ निस्कन थालेको थियो ।

वायु प्रदूषणका कारण थाइल्यान्डमा फोक्सोको क्यान्सर, ब्रोन्काइटिस, दम, र हृदय रोगजस्ता दीर्घकालीन रोगका बिरामी बढेका परिषद्को तथ्याङ्क छ । थाइल्यान्डले सार्वजनिक स्वास्थ्यमा हावामा पाइने पीएम २ दशमलव ५ को नकारात्मक प्रभावलाई प्राथमिकतामा राखेर घटाउनुपर्ने परिषद्ले सुझाव दिएको छ ।

पीएम २ दशमलव ५ ले साना तर खतरनाक धुलोका कणहरूको स्तरलाई बुझाउँछ जसले फोक्सोको माध्यमबाट रक्त प्रवाहमा प्रवेश गरेर विभिन्न रोग सङ्क्रमण गराउँछ । थाइल्यान्डका केही उत्तरी सहरहरूलाई वायुको गुणस्तर अनुगमन गर्ने निकायहरूले विश्वको सबैभन्दा प्रदूषित शहरहरूको रूपमा मापन गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट