Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

बर्थडे केक खाँदा १० वर्षीय बालिकाको मृत्यु


भारतमा बर्थडेको केक खाँदा एक बालिकाको मृत्यु भएको छ । पञ्जाबको पटियालामा १० वर्षीया बालिकाको जन्मदिनमा काटेको केकले नै मृत्यु सावित भएको छ । जन्मदिनको केक अनलाइन मार्फत अर्डर गरिएको थियो ।

केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । १० वर्षीय मानवीको जन्मदिन मार्च २४ मा थियो । आफ्नो जन्मदिनमा बेलुकी ६ बजे एक कम्पनीबाट अनलाइन केक अर्डर गरिएको थियो। केक बेलुकी साढे ६ बजे घरमै पुर्याइएको थियो । त्यसपछि ७ बजेर १५ मिनेटमा केक काटिएको थियो । उक्त चकलेट केक ‘केक कान्हा’ बाट अर्डर गरिएको थियो।

मृत्यु हुनुभन्दा केही घण्टाअघि सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा मृतक बालिकाले केक काटेर परिवारसँग उत्सव मनाउँदै गरेको देखिएको थियो । केक खाएसँगै मानवि र उनका परिवारका सदस्यको स्वास्थ्य बिग्रन थाल्यो । राति १० बजेसम्म सबै परिवार बिरामी परे । त्यसलगत्तै दुवै दिदीबहिनीलाई बान्ता हुन थाल्यो । मानवीले अत्यधिक तिर्खा र मुख सुख्खा भएको गुनासो गर्दै पानी मागेकी थिइन् । त्यसपछि उनी सुत्न गइन् ।

बिहान उठ्दा बालिकाको मृत्यु भइसकेको थियो । उनको शव चिसो अवस्थामा रहेको थियो । उनलाई सो अवस्थामा देखेपछि तुरून्त अस्पताल पुर्याइएको थियो । त्यसपछि चिकित्सकले मानवीलाई मृत घोषणा गरेका थिए ।

यतिबेला परिवारको उजुरीमा प्रहरीले केक पसलका मालिकविरुद्द मुद्दा दर्ता गरिसकेको छ । बेकरी पसल मालिक विरुद्ध आईपीसीको धारा २७३ र ३०४ एअन्तर्गत मुद्दा दर्ता गरिएको छ। यस विषयमा पञ्जाबका प्रहरी अधिकारीलाई २५ मार्चमा प्रहरीलाई परिवारले उजुरी दिएको थियो ।

प्रहरीका अनुसार केक खाँदा बालिकाको मृत्यु भएको उजुरी गरिएको हो । केकमा कुनै विषाक्त पदार्थ हुन सक्ने अनुमान गरिएको छ। बालिकाको पोस्टमार्टम भई केकको टुक्रा नियन्त्रणमा लिएर अनुसन्धानका लागि एफएसएल पठाइएको छ । सोही आधारमा थप कारबाही गरिने भएको छ । बालिकाको परिवारले मुख्यमन्त्री मानसँग न्यायको अपिल गरेका छन् । –एजेन्सी

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट