Techie IT
  • २०८१ वैशाख २२, शनिबार

बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी ब्यक्ति, एलन मस्क परे पछाडी


फोर्ब्सले अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । लक्जरी ब्राण्ड एलभीएमएचका मालिक बर्नार्ड अर्नाल्ट टेस्लाका सीईओ एलन मस्कलाई पछि पार्दै विश्वकै धनी व्यक्ति बनेका छन् ।

फोर्ब्स रियल टाइम अर्बपतिहरूको सूची अनुसार ग्लोबल लक्जरी ब्राण्ड एलभीएमएचका सीईओ अर्नाल्ट र उनको परिवारको कुल सम्पत्ति शुक्रवार २३।६ बिलियन डलरले बढेर २०७.६ बिलियन डलर पुगेको छ । यस्तै, मस्कसँग २०४.७ बिलियन डलरभन्दा बढी रहेको छ।

अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा भने जेफ बेजोस रहेका छन् । एमाजनका संस्थापक बेजोसको १८१.३ बिलियन डलरको नेटवर्थ छ ।

फोर्ब्सको रिपोर्टका अनुसार जनवरी २५मा टेस्लाको शेयरमा गिरावट देखिएको थियो जसका कारण उनको सम्पत्ति १३ प्रतिशतले घटेको थियो । सोहि क्रममा मस्कको कुल सम्पत्ति १८ बिलियन डलरभन्दा बढीले घटेको छ ।

अर्कोतर्फ, एलभीएमएचको शेयर १३ प्रतिशतभन्दा बढीले बढेको छ । फोर्ब्सका अनुसार शुक्रबार एलभीएमएचको बजार पूँजीकरण ३८८.८ बिलियन डलर पुगेको छ।

बिहीबार टेस्लाको शेयर घटेको थियो। मस्कले मूल्य घटाए पनि बिक्री वृद्धि सुस्त हुने चेतावनी दिएका थिए । जसका कारण विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनीको मार्जिन पहिले नै खस्किएको छ । यसअघि बुधबार, सन् २०२५ को आधासम्ममा टेस्लाले अमेरिकास्थित टेक्सासको कारखानामा आउँदो पुस्ताका सस्तो विद्युतीय सवारी साधनहरू निर्माणमा केन्द्रित भएकाले वृद्धि अत्यन्त सुस्त हुने मस्कले बताए । तर, नयाँ मोडलको उत्पादनलाई बढाउँदै लैजाँदा नयाँ प्रविधिहरू समावेश हुने भएकाले चुनौती थपिने समेत उनले बताए । – एजेन्सी

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट