Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

संवेदी रंगमंच र नाटक ‘चक्र’: 'जहाँ घिउ र खुदो खुवाईन्छ'


काठमाडौं । थापागाउँस्थित मण्डला थियटरमा संवेदी रङ्गमञ्चमा नाटक ‘चक्र’ मञ्चन भइरहेको छ ।

यो नाटकमा सहभागि दर्शक आफै, घिउदेखि महीसम्म पुगेको छ, घिउ र मही खुवाउने क्रियाकलाप नाटक हल बाहिरै गराइन्छ । सुरुमा घिउ र खुदो खुवाएपछि दर्शकलाई एक–एक गरी कसैले डो¥याएर नाटक हलभित्र पु¥याउँछन् । यो बीचमा जे हुन्छ, त्यही नै यस नाटकको ‘स्वाद’ हो, जसलाई दर्शकले आ–आफ्नै किसिमले स्पर्श, रूप, रस र गन्धका रूपमा ग्रहण गर्न सक्छन् ।

यो संसार संवेदनात्मक वा ग्रहणशील छ तर यस संसारलाई भोग्न संवेदनासँगै सङ्घर्ष पनि आवश्यक छ — चक्र नाटकले यही दर्शन बोध गराउन खोजेको छ ।    यस नाटकमा हलभित्र प्रवेश गरिसकेपछि रूप हेर्न भने पाइँदैन ।

यस नाटकका परिकल्पनाकार तथा निर्देशक रामहरि ढकाल भन्छन्, ‘मैले बुद्धका बारेमा पढेको छु । बुद्धले ज्ञान हासिल गरेको पनि एक प्रकारको भोगाइ वा अनुभूतिबाट हो भन्ने मलाई लाग्छ ।’

सन् २००३ देखि सन् २०११ सम्म गुरुकुल नाटकघरमा काम गरेका निर्देशक ढकाल सन् २०१२ मा नाटक पढ्न नर्वे गएका थिए । त्यहीँ स्नातक र स्नातकोत्तर गरेका हुन्, उनको स्पेसलाइजेसन सिनोग्राफीमा हो ।

यसअघि उनले सेन्सरी थियटरकै अवधारणामा ‘इन्साइड आउटसाइड’ मञ्चन गरिसकेका छन् ।

नाटक तथा संवेदी थिएटरबारेको अन्र्तक्रियामा मोडरेटर केदार श्रेष्ठले निर्देशक राम हरि ढकालसंगको अन्र्तक्रियामा संवेदी रंगमंच र चक्रबारे बहस भयो ।

संसारमा सेन्सरी थियटरको कन्सेप्ट नयाँ होइन । विभिन्न क्षमताका दर्शकलाई रंगमञ्चमा कसरी  समावेश गर्ने, अभ्यस्त बनाउने र ती दर्शकका लागि रंगमञ्च कसरी अन्तक्र्रियात्मक बन्न सक्छ भन्ने उद्देश्यले बेलायतमा सन् १९८१ मा रंगमञ्चसम्बन्धी कम्पनी ‘ओइली कार्ट’ खोलिएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट