Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने


काठमाडौं, २५ मंसिर । दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ ।

पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।

चलचित्रले बाबुछोरीको कथा भन्ने निर्देशक लामिछानेले बताएका छन् । आशिष थापा मगरले निर्माण गरेको चलचित्रमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ ।

चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट