Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

दीपक मनाङेको ‘कङ्गारु’मा माग्ने बुढा


काठमाडौं, १९ मङ्सिर। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्। राजीव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ।

कलाकार घिमिरे र फिल्मको निर्माणपक्षबिच सम्झौतामा हस्ताक्षर भएको हो।निर्देशक सम्राट्ले केही समय अघि ‘कङ्गारु’ फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन्।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन् ।

फिल्मको सह(निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन्। फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके) ले पनि सहकार्य गरेको छ। फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट