Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सरकारसँग ७३ हजार मेट्रिक टन मल मौज्दात भएपनि किसानले पाएनन्


काठमाडौं । मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ । कृषि सामग्री कम्पनीले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालका लागि चलान भएको छ । त्यसमध्ये केहि मात्रामा मल नेपालको विरगंज आइसकेको कम्पनीले जनाएको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोत्ताबाट नेपालका लागि चलान अवस्थामा छ । साथै २५ हजार मेट्रिक टन डीएपी मल पनि कोलकोत्ता आइपुगेको छ । यस्तै कृषि कम्पनीले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास पनि भारतको विशाखापटनम् आइसकेको छ । साल्टले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल चीनको लोड पोर्टमा लोडिङ्ग भएर भोलिसम्ममा कोलकोत्ता आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले धानबालीको मुख्य सिजन असारदेखि भदौसम्मका लागि मलको अभाव नहुने बताएका छन् । अनुदानमा सरकारले उपलब्ध गराउने मलको बिक्री मूल्यमा पारदर्शिता कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण पालिकालाई अनुरोध गरिएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट