Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौंमा कफी सम्मेलनको आयोजना हुने


काठमाडौं । काठमाडौंमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ । नेपाल कफी व्यवसायी महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, आयोजना गर्न लागेको हो । महासङ्घले कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको छ । उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तर्क्रिया गरिनेछ । सम्मेलनबाट कफीका उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घका महासचिव सन्तोष पोखरेलले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट