Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौंको माइतीघरमा गाँजा खेती गर्न पाउनुपर्ने मागसहित प्रदर्शन


काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथिको छलफलमा भाग लिँदै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कुराको विरोध गर्नुभएको छ। गाँजा खेती खुल्ला गरेमा अहिले बाँझो रहेको जमिनमा खेती गरेर करोडौँ रुपैयाँ आम्दानी गर्न सकिने अभियन्ताहरुको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट