Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाको दाबी पेस


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् भने लक्ष्मणकिशोर संरक्षक रेशम चौधरी पक्षका हुन्।

लक्ष्मणकिशोर चौधरीले  प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा (एकीकृत समाजवादी) का चार जनाको समर्थन रहेको दाबी पेस गरेका छन् । कैलाश चौधरीले पनि आफ्नै दलका छ जना र एकीकृत समाजवादीसमेतको समर्थन आफूलाई रहेको दाबी गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका छ र एकीकृत समाजवादीका चार जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र तारा जोशी स्वतन्त्र सांसदका रूपमा छन् । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा समेत उथलपुथल भएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट