Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

कोशी सरकारबाट माओवादी बाहिरियो, एमालेले नेतृत्व गर्ने


काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर माओवादी प्रदेश सरकारबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले राजीनामा दिएका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

आङ्बोले माओवादीले कांग्रेसका मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको जानकारी दिएका छन् । अब नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत जुटाउने माओवादीले जनाएको छ ।

कोशीमा यसअघि कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । अब भने कार्की अल्पमतमा परेका छन् । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । कोशीमा अब सरकार ढलेमा स्वतः मध्यावधि चुनाव हुने कांग्रेसको तर्क रहेको छ । तर एमालेसहितका दलले भने आफूहरूसँग बहुमत रहेकाले सरकार बन्न कानुन बाधक नहुने बताउँदै आएका छन् ।

यसैबीच एमाले र माओवादीसहितका ५३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गर्दै प्रदेश प्रमुख खापुङसमक्ष तत्कालै संसदको विशेष अधिवेशनको माग गरेका छन् । उनीहरूले कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई सङ्कल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन् । तर कोशी सरकारले भने आउँदो जेठ ११ गते मात्रै प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । विशेष अधिवेशनको माग छल्न मुख्यमन्त्री कार्कीले जेठ ११ गतेका लागि संसद् बोलाएको भन्दै एमाले र माओवादीले विरोध जनाएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट