Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री र दुई राज्यमन्त्री


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए ।

सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाए ।

माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने । कार्कीले सामाजिक विकास र मगरले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए । उनीहरु दुवै कांग्रेसका हुन् ।

वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् ।

६ जना थपिएपछि मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट