Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

रौतहटमा आगो निभाउन गएको बारुण यन्त्र दुर्घटना हुँदा चालकसहित पाँच जना गम्भीर घाइते


रौतहट, १३ आगो निभाउन गएको बारुण यन्त्र (दमकल) मंगलबार राति दुघटना हुँदा चालकसहित पाँच जना गम्भीर घाइते भएका छन्। गौर नगरपालिका(४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो। सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर बारुण यन्त्रसहित अग्निनियन्त्रण टोली जाने क्रममा ब्रेकफेल भइ दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेका बारुण यन्त्र चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारको लागि विरन्ज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। विरगन्ज पठाइएको घाइतेको ढाड, खुटा, हात, छाती र टाउकोमा गम्भीर चोट लागेको छ। गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानवीय सेवामा हिंडेको बारुणयन्त्र दुर्घटनामा परेर घाइते भएका कर्मचारीहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट