Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

ओखलढुंगाको चिशंखुगढीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना गम्भीर घाइते


ओखलढुंगा २१ फागुन । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्। दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी दिपकबहादुर केसीले जानकारी दिए। केही घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्नसक्ने उनले बताए। केसीका अनुसार घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट