Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाईँदै


काठमाडौं । मिथिलाञ्चलमा आज बरसाइत अर्थात् बटसावित्री पर्व मनाइँदैछ । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाउने गरिएको छ । नवविवाहिता महिलाले पहिलो बरसाइत अर्थात् बिहेपछि आउने पहिलो पर्व श्रीमानको घरमा मनाउनुपर्छ । यस पर्वको दिनमा बिहानै विवाहित महिलाले नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको पूजा आराधना गरेर धुमधामका साथ मनाउने गरिन्छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्छन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट