Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

पाँचथरको हिलिहाङमा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन


फाइल तस्बिर

फिदिम, ३ जेठ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गंगा सुवेदीको ट्याक्टरबाट खसेर निधन रहेकोे जानकारी दिए । ट्याक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गंगाको बुधबार बिहान निधन भएको हो । यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुवँरले जानकारी दिए । उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट