Techie IT
×
गृहपृष्ठप्रवासतोकिए भन्दा बढी हवाईभाडा लिए कारबाही गर्ने नेपाली दुताबास अबुधाबीको चेतावनी

तोकिए भन्दा बढी हवाईभाडा लिए कारबाही गर्ने नेपाली दुताबास अबुधाबीको चेतावनी


युएई । नेपाली दूतावास अबुधाबीले कोभिड-१९ भाइरसको महामारीका कारण अलपत्र परी चार्टर्ड उडान मार्फत स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिए भन्दा बढी भाडा लिइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार एक सुचना जारी गर्दै दूतावासले चार्टर्ड उडानको टिकट किनबेचको क्रममा तोकिएको हवाई भाडादर भन्दा धेरै रकम लिएर टिकट किनबेच भएको भन्ने गुनासो दूतावासलाई प्राप्त भएको र त्यसमा दूतावासको ध्यानाकर्षण भएको बताएको छ।

सरकारले चार्टर्ड उडानका लागि नेपाल एअरलाइन्सको दुबईबाट काठमाडौ अमेरिकी डलर ३६० अर्थात १३ सय २० दिराम र हिमालय एअरलाइन्सको दुबईबाट काठमाडौं ३८५ अमेरिकी डलर अर्थात १४ सय २०  दिराम र अन्य एअरलाइन्सको हकमा सम्बन्धित एअरलाइन्सले तोके अनुसार भाडा निर्धारण गरेको जनाउँदै युएईबाट नेपाल फर्किनुपर्नेहरुले टिकट लिनु अघि राम्रोसँग बुझेर सम्बन्धित एअरलाइन्सको आधिकारिक ठाउँबाट मात्रै खरिद गर्न दूतावासले सुचित गरेको छ।

कोरोना भाइरसको महामारीका कारण बिदेशमा अलपत्र परेर स्वदेश फर्किन लागेका नेपालीहरु संग अनधिकृत रूपमा तोकिएको मूल्य भन्दा बढिमा टिकट बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने दूतावास द्वारा जारी सुचनामा उल्लेख छ।

चार्टर्ड उडान मार्फत स्वदेश फर्किन लागेका नेपालीहरुलाइ विभिन्न ट्राभल्स एजेन्सीहरुले तोकिएको मुल्य भन्दा धेरै रकम लिएर टिकट बिक्रि गरेको र कतिले एकीकृत नामावलीमा आफ्नो नाम हुँदा समेत जान नेपाल नपाएको भन्दै सामाजिक संजाल मार्फत गुनासो समेत गरेका छन् ।


क्याटेगोरी : प्रवास, समाचार


प्रतिक्रिया दिनुहोस