Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

एसीसी प्रिमियर कप : नेपालले आज हङ्कङको सामना गर्दै


काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ११:४५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो । लगातार तेस्रो जितको खोजीमा नेपाल रहेको छ ।

जारी प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले शनिबार खेलिएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

कतारविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पाली खेलेका थिए । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

यसपटक प्रिमियर कपको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र यूएई रहेका छन् । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्नेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट