Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

मार्च महिना अहिलेसम्मकै तातो बन्यो


गएको मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाले गरेको तथ्याङ्क विश्लेषणअनुसार सन् २०२४ को मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको देखिएको बीबीसीले जनाएको छ ।

यस वर्षको मार्च महिनाको तापक्रम पूर्व औद्योगिक समय अर्थात् सन् १८४० देखि सन् १९०० को मार्च महिनाको औसत तापक्रमभन्दा एक दशमलव ६८ डिग्री सेल्सियसले धेरै हो । यस्तै सन् २०२३ को मार्च महिनाभन्दा यस वर्षको मार्च महिनाको तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियसले बढेको छ ।

मार्च महिना अहिलेसम्मकै तातो बनेसँगै लगातार १० वटा महिनामा अहिलेसम्मकै तापक्रमको उच्च रेकर्ड बनेको छ । यसअघि सन् २०२३ को जुन महिनाले सबैभन्दा तातो जुन महिनाको रेकर्ड बनाएको थियो । त्यसपछिका हरेक महिना अहिलेसम्मकै तातो महिना बनेका छन् ।

युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाका उपनिर्देशक सामन्था बर्गेसले लागातार महिनाहरूमा तापक्रम उच्च हुनु जलवायु समस्याको नयाँ चरणमा पुगेको सङ्केत रहेको भन्दै यो चिन्ताजनक रहेको बताएकी रोयटर्सले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाको गोडार्ड इन्स्टिच्युट फर स्पेस स्टडीजका निर्देशक गेभिन स्मिथले बीबीसीसँग कुरा गर्दै लगातार १० महिना तापक्रममा रेकर्ड बन्नु आफैँमा चुनौतीपूर्ण हुनुका साथै भविष्यवाणीहरू असफल हुने क्रमसमेत बढेको बताए । सन् २०२३ मा आफूहरूका धेरैजसो मौसमसम्बन्धी भविष्यवाणी नाटकीय रूपमा असफल भएको भन्दै उनले विश्व जलवायु परिवर्तनको नयाँ चरणमा पुगेको बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट