Techie IT
  • २०८१ वैशाख ११, मंगलबार

आफ्नो छुट्टै नगर अस्पतालको शिलान्यास: चन्द्रागिरि नगरपालिका


काठमाण्डौ : काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको आफ्नो छुट्टै नगर अस्पतालको शिलान्यास भएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याललगायतले संयुक्तरूपमा भवनको हिजो शिलान्यास गरेका छन् । उपमेयर श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले वडा नम्बर ४ गोदामचौर थानकोटमा अहिले सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’ को हाताभित्रै थप १५ शय्याको नगर अस्पताल बन्दैछ । मन्त्रिपरिषद्को गएको फागुन ४ गतेको बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । गएको असार २० गते चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा २ वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रुपैयाँमा ३ तले भवन बन्नेछ । रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट