Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो


अर्घाखाँची, १३ मंसिर । अर्घाखाँचीमा पासोमा परेर घाइते भएको  चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन  वन अधिकृत इश्वरी पौडेलले बताए ।

पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।

मरेको चितुवा ५९ इन्च लामो, ३३ इन्च अग्लो तथा झन्डै ३१ केजीको भाले रहेको डिभिजन वन अधिकृत पौडेलले बताए । तर, जङ्गलमा पासो कस्ले थापेको भने जानकारीमा नआएको र यस बारेमा खोजी भइरहेको पनि पौडेलले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट