Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

गुल्मीको उपल्लो तम्घासमा महोत्सव सुरु


गुल्मी । गुल्मीको उपल्लो तम्घासमा महोत्सव सुरु भएको छ । गुल्मी उद्योग संघको आयोजनामा गरिएको महोत्सव २५ कात्तिकसम्म चल्नेछ ।

महोत्सवको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका छन् । महोत्सव उद्घाटनको अवसरमा सदरमुकाम तम्घासमा साँस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो ।

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै गुल्मी जिल्लाका विभिन्न समुदायको खानाका परिकार प्रदर्शन तथा बिक्री गरिने भएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् ।

त्यसमध्ये ५० वटा स्टल स्थानीय उत्पादनका सामग्रीहरु राखिने भएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताए ।

महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्साहन गर्न भन्दै ३० प्रतिशत छुटमा स्टल दिइएको छ । महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने भएको छ ।

जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पुर्‍याउने आयोजकले लक्ष्य लिएको आयोजकले जनाएको छ ।

महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने आयोजकले अपेक्षा लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट