Techie IT
  • २०८१ वैशाख १९, बुधबार

नाइजरमा अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै हजारौँ नागरिकको प्रदर्शन


आफ्नो देशबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता समाप्त गर्ने सरकारको निर्णयपछि पनि अमेरिकी सेना फिर्ता नभएको भन्दै हजारौँ नागरिकले नाइजरको राजधानी नियामेको सडकमा जुलुस निकालेका हुन् ।

चर्को गर्मीको सामना गर्दै प्लेकार्ड र विभिन्न ब्यानर बोकेर हजारौँ नागरिक सडकमा निस्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नाइजेरियाली नागरिक समाजका सङ्गठनहरूको समन्वय गरिरहेका मोहम्मद अलकाबिरले अमेरिकी सेनालाई देशबाट नधपाएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

गएको मार्चमा नाइजरले संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता रोकेको थियो । अहिले लगभग सात सय जना अमेरिकी सेना नाइजरमा रहेको अनुमान छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट