Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

अमेरिकाद्वारा क्यान्सरको जाँचका लागि नयाँ प्रविधिको परीक्षण शुरु


काठमाडौं । अमेरिकाले क्यान्सरको जाँच अर्थात् स्क्रिनिङका लागि नयाँ प्रविधिको परीक्षण शुरु गरेको छ । अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले क्यान्सर स्क्रिनिङका लागि उदीयमान प्रविधिहरूको मूल्याङ्कन गर्न क्लिनिकल परीक्षण शुरु गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्यान्सर स्क्रिनिङ रिसर्च नेटवर्कले क्यान्सरको पहिचान कसरी गर्ने भन्नेबारे अनुसन्धान गर्नेछ । यसले गर्दा उपचार गर्न सजिलो हुने खबरमा उल्लेख छ । बहु–क्यान्सर पत्ता लगाउने परीक्षण जस्ता उदीयमान प्रविधिहरूले क्यान्सरको जाँचलाई परिवर्तन गर्न सक्ने र धेरै मानिसहरूको जीवन लम्बाउन मद्दत गर्न सक्ने अपेक्षा रहेको एनआईएचले जनाएको छ।

एनसीआईका निर्देशक डब्ल्यू किम्रिन रथमेलले चाँडै नै बहु–क्यान्सर पत्ता लगाउने अध्ययनको रूपमा पाइलट अध्ययन शुरु गर्ने बताएका छन् । दुई हप्ता अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो देशका अनुसन्धानकर्ता डाक्टरहरु क्यान्सरविरुद्दको औषधि पत्ता लगाउने सफलताको नजिकै रहेको बताएका थिए । यी खबरहरुले क्यान्सर जाँच र औषधि आविष्कारको आशा पलाएको खबरमा उल्लेख छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट