Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

रसियाका वैज्ञानिकहरुले छिट्टै क्यान्सरको खोप तयार गर्ने : राष्ट्रपति पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरुले छिट्टै क्यान्सरको खोप तयार गर्ने बताएका छन् । पुटिनले मस्को फोरम अन फ्युचर टेक्नोलोजी कार्यक्रममा यो जानकारी दिएका हुन्।

पुटिनले क्यान्सरको खोप छिट्टै बिरामीका लागि उपलब्ध हुने दाबी गरेका छन् । यद्यपि पुटिनले प्रस्तावित खोपहरू कहिले उपलब्ध हुने र कुन प्रकारको क्यान्सरबाट बच्न सकिन्छ भन्ने खुलासा गरेका छैनन्। उनले यो खोप जनतामा कसरी पुर्‍याउने भन्नेबारे पनि केही बताएका छैनन् ।

कम्पनी र सरकारहरू एकजुट हुँदै

रुस बाहेक अन्य कैयौं राष्ट्रले पनि क्यान्सरको औषधि र भ्याक्सिन बनाउन खोजिरहेका छन् । बेलायत सरकारले जर्मनीको बायोटेक कम्पनीसँग क्यान्सर भ्याक्सिनका लागि सम्झौता गरेको छ । सन् २०३० सम्ममा १० हजार क्यान्सर बिरामीको उपचार गर्ने लक्ष्य राखिएको छ । अमेरिकाको मोडर्ना र मर्क कम्पनीले छालाको क्यान्सर भ्याक्सिन बनाइरहेका छन् ।

क्यान्सर औषधिको मानव परीक्षण

सेप्टेम्बर २०२३ मा, AOH1996 नामक क्यान्सर औषधिको मानव परीक्षण अमेरिकामा सुरु गरिएको थियो। यो औषधिले शरीरका स्वस्थ कोशिकाहरूलाई हानी नगरी क्यान्सरको ट्युमरलाई पूर्ण रूपमा हटाउन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

सन् १९९६ मा जन्मिएकी एना ओलिभिया हेलीबाट प्रेरित भएर उक्त औषधिको नाम राखिएको वैज्ञानिकहरूले बताएका छन् । उनलाई न्युरोब्लास्टोमा नामको क्यान्सर थियो । २००५ मा उनको निधन भएको थियो। उनी  ९ वर्षकी थिइन् । न्युरोब्लास्टोमा बालबालिकामा हुने क्यान्सर हो ।

यो एड्रेनल ग्रन्थिको क्यान्सर हो, जुन पेट, छाती र घाँटीको हड्डीमा विकसित हुन्छ। एक वैज्ञानिकले भने, ‘हामीले ९ वर्षीया एना ओलिभिया हेलीलाई श्रद्धाञ्जली दिँदै क्यान्सरको नयाँ औषधिको नाम AOH1996 राखेका छौं ।'

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट