Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

अलैँचीको मूल्य बढेसँगै ताप्लेजुङका किसान हर्षित


ताप्लेजुङ, २७ मङ्सिर ।  पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ ।

ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) रू. ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए । उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू। ७१ हजारका दरले कारोबार भएको थियो ।

शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो । मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन् । पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन् ।

“यस वर्ष उत्पादन केही घटे पनि मूल्य बढ्दा किसानलाई राहत पुगेको छ”, अलैँची किसान गणेश सिग्देलले भने, “अलैँचीको मूल्यमा सधैं एकरुपता हुनुपर्ने हो । ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन् ।”

गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन रू.६० हजारका दरले कारोबार भएको थियो । यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो । बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मि आचार्यले बताए । उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ । रासस

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट