जब सत्ता संरचनाले मुखमा रामरामको शैलीमा राष्ट्रिय उद्योग संरक्षणको कुरा गरेर बगलीमा छुराको शैलीमा दलाल उद्योगको मात्र संरक्षण गर्छ, प्रेमप्रसादहरूले नै त्यसको भुक्तमान बेहोर्नुपर्ने छ । दलाल, नवउदारवाद र कर्पोरेट अर्थतन्त्रको छाँयामुनि देशको आजको अर्थनीति, कसरी शरणागत भएको छ भन्ने यथार्थ हालत प्रेमप्रसादले उजागर गरिदिएका छन् ।
इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहले निश्चित आर्थिक, सामाजिक र राजनीतिक प्रश्नहरू छोडेर गएका छन् । लाखौं लगानी भएका, स्वनिर्भरका थरिथरिका ब्यबसायमा असफल भएपछि अन्ततः २० लाखको अभावमा संघीय राजधानीको मुटु, राजनीतिक शक्ति अभ्यासको केन्द्र नयाँ बानेश्वरको खुला सडकमा उनले आत्मदाह गर्नुपरेको छ ।
सामाजिक संजाल फेसबुकमा सार्बजनिक उनको ‘सुसाइट नोट’ले धेरै ब्यापारी र ब्यापार कम्पनीलाई दुरुत्साहनको औंला उठाएको छ । स्वनिर्भरमा लाग्न चाहने आजका राष्ट्रिय उद्यमीहरू दलाल उद्यमीबाट कसरी प्रताडित छन् भन्ने फेहरिस्त उनले जारी गरेका छन् । जब सत्ता संरचनाले मुखमा रामरामको शैलीमा राष्ट्रिय उद्योग संरक्षणको कुरा गरेर बगलीमा छुराको शैलीमा दलाल उद्योगको मात्र संरक्षण गर्छ, प्रेमप्रसादहरूले नै त्यसको भुक्तमान बेहोर्नुपर्ने छ । दलाल, नवउदारवाद र कर्पोरेट अर्थतन्त्रको छाँयामुनि देशको आजको अर्थनीति, कसरी शरणागत भएको छ भन्ने यथार्थ हालत प्रेमप्रसादले उजागर गरिदिएका छन् ।
आजको मतलबी र एकाङ्गी आन्तरिक-बाह्य सामाजिक मनोबिज्ञानलाई पनि उनले उजागर गरेका छन् । आफ्नो ब्यावसायीक असफलतालाई केलाउँदा त्यसका आर्थिक, सामाजिक, राजनीतिक कारणहरूको उचित चित्रण, उनको समाजशास्त्रीय उच्च चेतना हो । ब्यापारिक घरानासँगकै उधारोले ब्यवसाय चौपट हुँदा, प्रोत्साहन गर्न चाहने देशीविदेशीले खर्च मात्र गराउँदा, राज्यको कृषि अनुदान आफ्ना लागि दुर्लभ बन्दा, बैंकको किस्ता तिर्ने सम्पूर्ण बाटाहरू बन्द हुँदा र घर परिवारले समेत सम्भावित सहज समाधानप्रति वास्ता नगरिदिंदाका कारणहरूले उनी निराश बनेका देखिन्छन् ।
धेरै प्रयत्नबीचका असफलता र निराशाको खाडल पुर्न नसक्दा, पुर्ने वातावरण नदेख्दा र पुर्नका लागि कसैले कुनै उत्साही पहल नलिंदा उनले आत्मदाहको बाटो रोजेका हुन् । समाज र प्रवृत्तिहरूसँग खडा हुन नसक्ने उनको बाटो अत्यन्तै गलत हो । तर, उनको बाटोले ब्यबस्था र संरचनाको यथागतिलाई दरिलो झड्का दिएको छ ।
धेरै प्रयत्नबीचका असफलता र निराशाको खाडल पुर्न नसक्दा, पुर्ने वातावरण नदेख्दा र पुर्नका लागि कसैले कुनै उत्साही पहल नलिंदा उनले आत्मदाहको बाटो रोजेका हुन् । समाज र प्रवृत्तिहरूसँग खडा हुन नसक्ने उनको बाटो अत्यन्तै गलत हो । तर, उनको बाटोले ब्यबस्था र संरचनाको यथागतिलाई दरिलो झड्का दिएको छ । दलाल अर्थतन्त्र, दलाल उद्योगी र राज्य पुनर्संरचना गर्यौं भनेर पनि आधारभूत बर्गले सहज स्वउद्यमसम्म गर्ने वातावरण नभएको संरचनामाथि एक दरिलो झापड हो प्रेमप्रसादको यो आक्रोश ।
एक जोशिला युवा, मध्यमबर्गीय लाग्ने राष्ट्रिय उद्यमी र राजनीति सचेत प्रेमप्रसादले संघीय लोकतान्त्रिक गणतन्त्रलाई, यस ब्यबस्थाका नेताहरूलाई र यस ब्यबस्थाको आदर्श सुधार गर्ने भनेर खडा भएका तर आफैं तर मारिरहने रङ्गीबिरङ्गीहरूलाई व्यंग्य दिएर गएका छन् । राजनीति बुझाइका उनका आफ्नै सीमा र संकिर्णताहरू होलान् तर ब्यबस्थामा राष्ट्रिय स्वार्थ आधारित सुधार भएन भने प्रेमप्रसाद आम निराशाको पहिलो झिल्को हुने निश्चित छ । यसबाट समय छँदै चेत्ने र दलाल होइन राष्ट्रिय अर्थतन्त्रका सम्बर्द्धनका लागि डट्ने अठोट संघीय गणतन्त्र, नेपालको नेतृत्वमा पलाओस् । प्रेम प्रसाद आत्महत्या दुरुत्साहनको सही प्रायश्चित्त नेतृत्वका लागि त्यही हो।
ज-जसले प्रेमप्रसादलाई आत्मदाहको मुखमा पुर्याएका छन्, ती लज्जित बनुन् र तिनले आफ्ना चिन्तन-कारोबार-गतिविधिमा सुधार गरुन । तत्कालै त राज्य र ती सबैले अनि सहयोगी हातहरूले उनको परिवारलाई ऋणमुक्त गरिदिउन । आत्महत्या जस्तो गलत निर्णयका लागि दुःख प्रकट गर्दै प्रेमप्रसादप्रति श्रद्धाञ्जली ! शोकाकुल परिवारमा समवेदना !
क्याटेगोरी :
बिचार
ट्याग : #breaking