Techie IT
×
गृहपृष्ठजनमञ्चकांग्रेस कार्यकर्ताको टिप्पणी : गगन प्रवृत्ति मौलाउनु हुँदैन

कांग्रेस कार्यकर्ताको टिप्पणी : गगन प्रवृत्ति मौलाउनु हुँदैन


काठमाडौं, १६ मंसिर । निर्वाचनअघि नैं नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री बन्ने भन्दै मत मागे ।

वर्ल्ड बैंकका केही कन्सल्ट्यान्ट र एमसीसीका निकटको सहयोगमा आफूलाई प्रोजेक्ट प्रधानमन्त्री भन्दै हिँडेका छन् । प्रधानमन्त्री कुनै चार तारे होटेलमा बिदेशी, बिदेशीको निम्ति काम गर्ने बिज्ञ राखेर बनाउने हो र ? सार्वभौम संसदले पो बनाउने हो । गगनलाई बिदेशी शक्ति राष्ट्र अझ पश्चिमा शक्ति राष्ट्रले बनाउन खोजेको स्पस्ट देखियो । तर, उनले चाहँदैमा नेपाली काङ्ग्रेस पार्टीकै शक्ति सन्तुलन, संख्याले नै संभव छैन । उनको गुटभित्रै पनि शेखर कोइरालाले नै उनलाई मान्ने देखिँदैन । गगनले कुर्लँदा नेपालका मिडियाका लागि केही खुराक केही दिन भए पनि उनका लागि प्रधानमन्त्री पद यसपटकका लागि सोम शर्माका बाबुको सातुको कथामा सीमित हुनेछ ।

गगनले रवि लामिछानेसँग अघोषित तालमेल गरेको कुरा छर्लङ्ग छ । आफ्नो क्षेत्रबाट लामिछानेको पार्टीका उम्मेदवारको नाम फिर्ता लिन लगाएर अन्यत्र गगनले स्वतन्त्र पार्टीलाई सघाएको कुरा कांग्रेसभित्रै उजुरी छ । यस्तो अनैतिक हर्कत गर्ने नेतृत्व पनि पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा बस्न मिल्छ ?

भावी प्रधानमन्त्री को हुने भन्नेबारे पार्टीले आधिकारिक रुपमा कुनै निर्णय गरेको छैन । पार्टीको वैधानिक फोरममा औपचारिक छलफल पनि भएको छैन । निर्वाचनको परिणाम नआइसक्दा योबारेमा छलफल, निर्णय गर्नु हतार पनि हुन्छ । यतिखेर प्रधानमन्त्रीका स्वाभाविक दाबेदार पार्टीका सभापति शेरबहादुर देउवा नैं हुन् । उनले गगनलाई छड्नुपर्ने कारण छ र ? यसअघि प्रत्यक्षमा २३ सिटमा खुम्चिएको काङ्ग्रेसलाई एक नम्बर पार्टी बनाए । सत्तारूढ गठबन्धनलाई बहुमत ल्याउने गरी पहल गरे । पार्टी सभापति उनी हुन् । सत्तारूढ गठबन्धनको मनोबिज्ञान पनि उनीसंग छ । यो गठबन्धनको बिरोध, गठबन्धन र पार्टीमै पनि आफ्ना इतर पक्षलाई हराउन रवि लामिछानेसंग मिलेर गरेको हर्कतका कारण उनले कसरी पार्टीभित्र र गठबन्धनको समर्थन लिने नैतिकता राख्छन् । गगन थापाले आफूहरूलाई हराउन घण्टी र बिपक्षीसङ्ग मिलेको भनेर देशभरिबाट पार्टीमा एक चाङ उजुरी छन् । काङ्ग्रेसमा बलियो नेतृत्व रहेको साबित गर्ने हो भने स्पष्टीकरण लिएर कार्वाही पो गर्नुपर्छ ।

गगनले रवि लामिछानेसँग अघोषित तालमेल गरेको कुरा छर्लङ्ग छ । आफ्नो क्षेत्रबाट लामिछानेको पार्टीका उम्मेदवारको नाम फिर्ता लिन लगाएर अन्यत्र गगनले स्वतन्त्र पार्टीलाई सघाएको कुरा कांग्रेसभित्रै उजुरी छ । यस्तो अनैतिक हर्कत गर्ने नेतृत्व पनि पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा बस्न मिल्छ ?

देउवा कांग्रेसका सभापति त हुन् नै उनी सत्ता गठबन्धनका साझा नेता पनि हुन् । उनलाई गठबन्धनका पाँचै दलले स्वीकार गरेका छन् । गठबन्धन बनाएर चुनावमा गएपछि नयाँ सरकार बनाउँदा पनि गठन्धनले नैं प्रधानमन्त्री चयनबारे छलफल गर्नेछ र स्वाभाविक रुपमा उनलाई नै पहिलो प्रस्ताव हुनुपर्छ । उनले छाडेमा मात्र गठबन्धनको दोस्रो ठूलो दलका अध्यक्ष प्रचण्ड, तेस्रो ठूलो दलका अध्यक्ष माधव नेपालले पाउने हुन् ।

केवल आफ्नो क्षेत्रमा सीमित भएर बिपक्षीसंग मिलेर गठबन्धन र पार्टीको नेतृत्वको बिरुद्ध खुरी खेल्ने गगन थापाहरु जस्ता अन्तर्घातीकै कारण गठबन्धन, गठबन्धनका दलहरूलाई निकै कमजोर बनाएको हो । यस्तो प्रवृत्ति मौलाउनु हुँदैन ।


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
ट्याग : #breaking, #gagan thapa