Techie IT
×
गृहपृष्ठजनमञ्चकमरेड प्रचण्डलाई पत्र

कमरेड प्रचण्डलाई पत्र


कमरेड प्रचण्ड
अध्यक्ष नेकपा (माओवादी केन्द्र)
हार्दिक अभिवादन !

आरामसाथ आरामताको कामना गर्दछु । बिशेष केभने गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको लगभग अन्तिम परिणाम आईसकेकोछ । निर्वाचन सम्बन्धि एउटा परिणाम अर्थात, निर्वाचनको पक्ष र बिपक्षमा के कति जनमत छ ? भन्नेकुराको परिणाम निर्वाचनकै दिन आएको थियो ।

राज्यले जालसाझीपूर्ण विवरण पेस गरेर बहुमत जनताले निर्वाचनमा सहभागिता जनाएको देखाएतापनि यथार्थमा बहुमत जनताले निर्वाचन बहिस्कार गरेका थिए । निर्वाचनमा सहभागिताको निम्ति राज्यले गरेको भिषण दमन र ब्यापक धरपकडका बावजुद जनताको ठूलो हिस्साले निर्वाचन प्रक्रियामा सहभागी जनाएनन् । सीमित जनसहभागितामा भएको निर्वाचन परिणाम हेर्दा बहुसंख्यक जनमत बामपन्थीहरुको पक्षमा देखिन्छ । तथापी बामपन्थीहरुको फरक फरक घटकहरुमा मत विभाजन हँुदा गैर बामपन्थी पार्टी सबैभन्दा ठूलो पार्टीको रुपमा देखापरेको छ । आपसी प्रतिद्वन्दिताको कारण बामपन्थी पार्टीहरुले आफ्नो अपेक्षा अनुरुप मत प्राप्त गर्न सकेनन् । अवस्य तपाईँको पार्टी नेकपा (माओवादी केन्द्र) ले पनि तपाईँले अपेक्षा गरेनुसारको मत प्राप्त गर्न सकेन । यसका निम्ति अन्य कारण हरु के थिए ? किन त्यस्तो भयो ? कहाँ–कहाँ के के पुग अपुग भए ? यसका निम्ति भित्रि कारणहरु के थिए ? यो समिक्षाको विषय हो र अवस्य समिक्षा गर्नुहुनेछ । तथापी  ‘छोटी मुह बडी वाट’ हुँदैन भने तपाईँको शुभ चिन्तकको नाताले नेकपा (माओवादी केन्द्र) को आगामी कार्ययोजनावारे यो पत्र मार्फत म तपाईँलाई थोरै सुझाव दिन चाहन्छु ।

कमरेड अध्यक्ष, हामीले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ्गदेखि तपाइँहरुबाट सिकेको कुरा के हो भने कम्युनिस्टहरुको अन्तिम लक्ष्ये साम्यवाद स्थापना हो । निश्चयनैं साम्यवाद स्थापनाको निम्ति समाजवाद स्थापना हुनुपर्छ । समाजवाद स्थापनाका निम्ति अर्धसामन्ती र अर्धऔपनिवेशिक एबम् नव औपनिवेशिक मुलुकहरुको हकमा नयाँ जनवाद स्थापना हुनुपर्छ ! तर नयाँ जनवाद, समाजवाद र साम्यवाद त्यत्तिकै स्थापना हुदैनन । नयाँ जनवादको स्थापनाका निम्ति सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको अन्त्य हुनुपर्छ । समाजवादको स्थापनाका निम्ति पुँजीवादको अन्त्य हुनुपर्छ ।

त्यसैगरी साम्यवादको स्थापनाका निम्ति समाजवादको पनि अन्त्य हुनुपर्छ । नेपालमा नयाँजनवाद, समाजवाद स्थापनाको निम्ति सामन्तवाद, दलाल र नोकरशाही पुँजीवाद बाधक हो । नेपालको सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको रक्षक हो याहाँको प्रतिक्रियावादी संसदीय व्यवस्था । प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वस्त नपारेसम्म सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको अन्त्य हँुदैन । यसको अन्त्य नभएसम्म नेपालमा नयाँ जनवाद, समाजवादको स्थापना हुँदैन ! त्यसकारण नेपालको प्रतिक्रियावादी संसदीय व्यवस्थालाई जतिसक्दो छिटो अन्त्य गर्न क्रियाशील हुनुनंै नेपाली कम्युनिस्टहरुको कर्तब्य हो ।

कमरेड अध्यक्ष, हामीले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ्गदेखि तपाइँहरुबाट सिकेको कुरा के हो भने कम्युनिस्टहरुको अन्तिम लक्ष्ये साम्यवाद स्थापना हो । निश्चयनैं साम्यवाद स्थापनाको निम्ति समाजवाद स्थापना हुनुपर्छ । समाजवाद स्थापनाका निम्ति अर्धसामन्ती र अर्धऔपनिवेशिक एबम् नव औपनिवेशिक मुलुकहरुको हकमा नयाँ जनवाद स्थापना हुनुपर्छ ! तर नयाँ जनवाद, समाजवाद र साम्यवाद त्यत्तिकै स्थापना हुदैनन । नयाँ जनवादको स्थापनाका निम्ति सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको अन्त्य हुनुपर्छ । समाजवादको स्थापनाका निम्ति पुँजीवादको अन्त्य हुनुपर्छ ।

अवश्य, पुनरुत्थानवाददेखि सतर्क हुनुपर्दछ । तर प्राप्त उपलब्धिहरुको रक्षाको नाममा प्रतिक्रियावादी संसदीय व्यवस्थाको सेवा गर्नुहुँदैन । कम्युनिस्टहरुले प्रतिक्रियावादी चुनाव जितेर सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बनेर दुनियाँमा कहिँ पनि नयाँ जनवाद र समाजवाद आएका छैनन् र आउनेवाला पनि छैनन् ! कम्युनिस्टहरुका निम्ति संसदीय चुनाव एक कार्यनीतिक बिषय हो । त्यसको उपयोग या बहिस्कार के गर्दा प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वस्त पार्ने आधार निर्माण हुन्छ त्यही गर्नुपर्दछ । मैले यी कुरा बढी जान्ने भएर तपाइँकोसामु गरिरहेको होइन । यी त मैंले तपाईँवाट प्राप्त गरेका शिक्षा हुन् । अहिले केवल स्मरण मात्र गरिरहेको हुँ । त्यसकारण अवका दिनमा माओवादी केन्द्रको भूमिका सरकारमा जाने र पद पड्काउनेतिर होइन सरकारभन्दा बाहिरनै बसेर जनता जगाउनेतिर केन्द्रित हुनुपर्दछ । संसदमा बसेर संसदीय व्यवस्थाको स्थायित्व र विकासका निम्ती मलजल गर्ने होईन त्यसका जरा काट्नेतिर केन्द्रित हुनुपर्दछ । संसदीय व्यवस्थाको फेद समातेर त्यसलाई अँठ्यायर बस्ने होईन । त्यसलाई जति सकिन्छ काटेर कमजोर तथा पातलो बनाउन प्रयत्न गरिरहनुपर्दछ ।

अध्यक्ष कमरेड, संगै सुत्दा कहिलेकाँही खुट्टा लाग्नु अस्वभाविक होइन । कमजोर पक्ष सवैका हुन्छन । मेरा छन्, तपाइँका होलान् र अरुहरुका पनि अवस्य हुन्छन् । संगै काम गर्ने क्रममा आफूआफूमा रहेका कमीकमजोरीका कारण, आ–आफ्ना अनुभव, आ–आफ्ना बुझाई तथा आ–आफ्ना सोच्ने र काम गर्ने शैलीका कारण, कहिलेकाहीँ एकापसमा तितोपिरो हुनु स्वभाविक नै हो । त्यसप्रकारका तितो पिरोहरुलाईसंगै बसेर पखाल्नुपर्द्छ । तर त्यतिकै आधारमा वर्गवैरीसंग घाँटी जोड्न पुग्नु राम्रो होईन । वर्गबैरी सधैँ बैरी नैं हुन्छ । ऊ कहिल्यै वर्गबन्धु बन्न सक्दैन । त्यस्तै बर्गबन्धु कहिल्यै बैरी हुनसक्दैन । त्यसकारण आगामी दिनमा बर्गबैरीसंगको सहकार्यमा होईन, बर्ग बन्धुसंगको एकता र धु्रविकरण माओवादी केन्द्रको जोड हुनुपर्दछ । र सवैले गम्भीर ढंगले आत्मसमीक्षा गर्दै सवै बर्गबन्धुहरु एकाकार हुनुपर्दछ ।

लेनिन भन्नुहुन्छ “संगठित त्यो नै सवथोक हो” । संगठित भएर नै अपार शक्ति प्राप्त गर्न सकिन्छ । तर त्यसका निम्ति उपयुक्त संगठनको आवस्यकता हुन्छ । गलत प्रकारका संगठनहरुले सहि शक्ति उत्पादन गर्न सक्दैनन् । त्यसप्रकारका संगठनहरुमा संगठित हुनु भनेको समयको बर्बादी मात्रै हो । त्यसकारण अवका दिनमा माओवादी केन्द्रले भैरहेको आफ्नो संगठनलाई क्रान्तिकारी रुपान्तरण गर्दै सुदृढ र सशक्त बनाउन ध्यान केन्द्रित गर्नुपर्दछ । माओवादी केन्द्रको अवको नीति भनेको संगठन–संगठन र फेरि संगठन नैं हुनुपर्दछ । संगठन क्रान्तिकारी, सशक्त र बिशाल हुनुपर्दछ । किनकी प्रतिक्रान्तिकारी, कमजोर र सानो संगठन प्रभावहीन हुन्छ । प्रभावहीन संगठनको औचित्य हुँदैन । क्रान्तिकारी, सशक्त र बिशाल संगठन निर्माण गर्न सम्पूर्ण क्रान्तिकारीहरुलाई एकैठाउँ गोलबन्द गर्न सक्नुपर्दछ । त्यसका निम्ति पनि माओवादी केन्द्रले अहम् भूमिका निर्वाह गर्नुपर्दछ ।

कार्यकर्ता सम्बन्धि स्टालिनको एउटा भनाइ छ “कार्यकर्ता पार्टीका सम्पति हुन्” स्टालिनको यो भनाइले कार्यकर्ताप्रति उनको दृष्टिकोण कति प्रस्ट रहेछ भन्ने कुराको पुष्टि गर्दछ । वास्तवमा कार्यकर्ताको बिशाल पङ्ती नभएको पार्टीले केही गर्न सक्दैन । त्यसकारण कार्यकर्ताहरुको बिशाल पङ्ती उत्पादन गर्ने, तिनलाई क्रान्तिकारी सिद्दान्तले लैस गर्ने तथा उनीहरुको संरक्षण, उचित व्यबवथापन र परिचालन गर्नतिर आफ्नो ध्यान केन्द्रित गर्नु नै माओवादी केन्द्रको अवको बिशेष काम हो । कार्यकर्ताहरुको समस्या के हुन् ? असन्तुष्टी के हुन् ? ती असन्तुष्टीका स्रोत के हुन् ? तिनका उचित अध्यन गरेर सहि ढंगले सम्बोधन गरिनुपर्दछ । यदि त्यसो गरिएन भने कार्यकर्ताहरुमा निराशा, बिचलन र पलायनको सम्भावना हुन्छ ।

नेता, कार्यकर्ताहरुको उचित कार्यविभाजन भएन भने त्यसको गलत असर पार्टीमा देखा पर्दछ । परिस्थितिजन्य बाध्यता, पार्टीको आवश्यकता र पात्रको क्षमताका आधारमा नेता, कार्यकर्ताहरुको कार्य बिभाजन गरिनुपर्दछ । पार्टीले संसदीय हस्तक्षेपको कार्यनीति अवलम्बन गर्नुपर्ने स्थितिमा सिंगो पार्टीलाई संसदीय डवलीमा उतार्ने होईन, पार्टीको एउटा सानो हिस्सालाई संसदीय संघर्षमा पठाउनु पर्दछ । मुख्य नेतृत्व र पार्टीको मुख्य शक्ति संसद भन्दा टाढै बसेर क्रान्तिकारी आन्दोलनमा केन्द्रित हुनुपर्दछ । संसदीय संघर्ष गर्ने, जनताका सेवा गर्ने, संगठन निर्माण तथा बिस्तार गर्ने र बौद्दिक तथा आर्थिक उत्पादन गर्ने नेता कार्यकर्ताहरुको बेग्लाबेग्लै स्पस्ट कार्य विभाजन हुनुपर्दछ । एउतै पात्र सवैतिर भयोभने, सवैलाई एकैतिर एकोहोरो गरियोभने कतैतिर पनि राम्रो परिणाम हात लाग्दैन ।

कमरेड अध्यक्ष, तपाइँलाई चिढाउनु, उत्तेजित पार्नु या चोट दिनु मेरो उद्देश्य पटक्कै होईन । अव सवैले आ–आफ्ना गल्ति कमजोरी स्वीकार गरेर आ–आफ्ना टाउकामा आगो झोसेर सगोत्रिय अंगालोमा बाँढिनु पर्दछ भन्ने मेरो मान्यता हो । त्यसको निम्ति तपाइँलाई झकझकाउनु मेरो उद्देश्य हो । तपााइँसंग छलफल गर्नुपर्ने कुराहरु र तपाइँलाई दिनुपर्ने सुझावहरु मेरा मनमा धेरै छन् । ती सवै यो छोटो पत्रमा सम्भव छैन । समयले साथ दिएमा आगामी दिनमा विभिन्न माध्यमबाट मैंले त्यसको निम्ति प्रयास गर्नेछु । नचाहँदा नचाहँदै त्रुटिवस तपाइँलाई चोट लाग्ने त्यस्तो कुनै शब्द पत्रमा पर्न गएको रहेछ भने आत्मालोचित हुँदै पत्र बन्द गर्दछु !

धन्यवाद , क्रान्तिकारी अभिवादन !

 


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
ट्याग : #breaking, #khagendra chhantya