Techie IT
×
गृहपृष्ठजनमञ्चचिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनको दोश्रो शताब्दी लक्ष्य

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनको दोश्रो शताब्दी लक्ष्य


यो वर्ष अक्टोबर १६–२० सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनले अनुमोदन गरोको राजनीतिक प्रतिबेदन पार्टीको त्यस्तो कार्यक्रमको राजनीतिक घोषणा हो जसले चीनलाई आफ्नै बिशेषता सहितको समाजवादको स्थापना गर्ने नयाँ उच्चाइको सफलताको दिशामा लैजाने बताइएको छ । त्यो अनुमोदित प्रतिबेदनलाई एउटा दिशा निर्देशक माक्सबादी दस्ताबेज भन्ने संज्ञा दिइएको छ ।

यो अधिवेशन सम्पन्न हुनु अघि त्यो प्रतिबेदन तयारीको क्रममा चीनभरी नै एउटा ठूलो राजनीति कसरत गरिएको थियो । जनवरी २०२२मा पार्टी केन्द्रीय समितिको प्रतिबेदन तयारीका लागि बिभिन्न महत्वपूर्ण विषयमा पार्टी भित्र व्यापक राय सल्लाह सुझा लिन र पार्टी बाहिरका पनि विषय बिज्ञ बिभिन्न हस्तीहरु समेतका सुझावहरु एकत्रित गर्ने निर्णय लिएको थियो । यस प्रतिबेदनको मस्यौदा समितिाको पहिलो बैठक फेब्रुअरी महिलनामा आयोजना गरिएको थियो, जसको अध्यक्षता पार्टीका महासचिव तथा चीनका राष्ट्रपति शी चिन पिङ्ग स्वयंले गरेका थिए । सीपीसी केन्द्रीय समिति अन्तरगतकाक ५४ संस्थाहरुले २६ वटा केन्द्रीय महत्वका विषयहरुको बोरमा सघन अध्ययन अनुसन्धान सञ्चालन गरेका थिए र त्यसबाट ८० वटा अनुसन्धान प्रतिबेदन तयार पारोक थिए । त्यसैबाट पार्टी महाधिवेशनमा पस्तुत गरिने प्रतिबेदनको आधार तयार गरेको थियो ।

चिनीयाँ कम्युनिष्ट पार्टील पहिलो पटक अनलाईन प्लेटफर्महरुका माध्यमहरुबाट पनि पार्टी भित्र र बाहिर समेत दुबै स्तरमा राय सल्लाह लिने प्रयास गरेको थियो । १५ अप्रिलदेखि १७ मईसम्म एक महिनाको निर्धारित समय भित्र अनलाईनबाट ८५ लाख ४० हजार जति सुझावहरु र टिप्पणीहरु आएका थिए ।

यो मस्यौदा प्रतिबेदन संशोधन गर्नका लागि एक हजार चार सय ३६ वटा सुझावहरु पर्टीका स्थानीय इकाईहरुद्वारा पठाइएका थिए । त्यसमा चार हजार सात सय भन्दा बढी मानिसहरुले आफ्नो राय दिएका थिए । त्यसपछि ९ अक्टोबरमा दिन बसेको पार्टी केन्द्रिय समितिको बैठकले महाधिवेशनमा प्रस्ततु गरिने यो मस्यौदालाई अन्तिमरुप दिएको थियो । प्रतिनिधिहरुद्वारा प्रस्ताबित संशोधनहरुमाथि विचार बिमर्श गर्न र महाधिवेशनमा भएको चर्चापछि त्यस प्रतिबेदनलाई सर्वसम्मतिकासाथ स्वीकार गरिएको थियो ।

त्यो प्रतिबेदनको शीर्षक थियो ‘चिनीयाँ बिशेषता ससिहतको समाजवादको महान व्यानरलाई बुलन्द गराँै र हरके किसिमले एक आधुनिक समाजवादी देशको निर्माण गर्नका लागि एकजुट भएर अघि बढौं’ । त्यस पारित प्रतिवेदनका केही महत्वपूर्ण बूँदाहरु जसका बारेमा विशेष विचार बिमर्श भएको थियो ती यस प्रकार रहेका थिए १–आर्थिक तथा राजनैतिक चूनौतिहरु जुन देशले सामना गर्नु परेको छ र ती चूनौतिहरुलाई पार गर्दै पार्टी कसरी देशलाई नेतृत्व गर्न सफल भयो ।

यसको ब्याख्या कि दोश्रो शताब्दीका लक्ष भन्नाले त्यसको के अर्थ हो र त्यसलाई हासिल गर्ने बाटो तय गर्ने तथा पार्टी भित्रको स्थिति र कमजोरीहरुबाट कसरी बाहिर निस्कने र पार्टीलाई अझ सबल कसरी बनाउने ।

अन्तर्राष्ट्रिय स्थिति र चीनमाथि ‘अंकूश लगाउने, चीनलाई ब्ल्याकमेल गर्ने, अलग्याउने र चीनमाथि बढीभन्दा बढी दवाब दिने’ जस्ता अमेरिकी प्रयत्नहरुमाथि चर्चा गर्दै शीचिन फिङले संकल्प व्यक्त गरेका थिए कि कुनै दवाब र धम्कीकासामु चीन कहिल्यै पनि झुक्ने छैन । ‘हामीले लडाकु भावना र दृढ निश्चयको प्रदर्शन गरेका छौं कि डर देखाउने, धम्क्याउने कुनै पनि शक्तिका सामू हामी कदापि झुक्ने छैनौं’ ।

समीक्षापूर्ण बितेका पाँच वर्षलाई घटनापूर्ण भनेर औंल्याइँदै त्यस प्रतिवेदनमा के नोट गरिएको थियो भने सीपीसी समन्वित आर्थिक, राजनैतिक, साँस्कृतिक, सामाजिक तथा पर्यावरणीय विकासलाई प्रोत्साहित गर्नका लागि पञ्च–क्षेत्रीय एकताबद्ध योजनालाई अघि बढाउन सफल रहेको छ ।

प्रस्तुत प्रतिवेदनमा के पनि प्रष्ट भनिएको छ भने पार्टी ‘जनताको जनतन्त्रको पूर्ण प्रकृयालाई अघि बढाउन, एउटा विकसित समाजवादी सँस्कृतिलाई विकसित गर्न र जनताको अझ राम्रो रहन समहनमा उन्नत सुधार ल्याउन’मा सक्षम रहेको छ । यही नै त्यो कालखण्ड हो जसको क्रममा सीपीसीले पहिलेका दुई शताब्दी लक्षलाई हासिल गरेको छ जुन यस प्रकार रहेका छन् ः सघन गरीबीलाई अन्त्य र बर्ष २०२१ (जुन चिनीयाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पुगेको वर्ष पनि हो) सम्ममा चीनमा एउटा आधुनिक समृद्ध समाज स्थापना गर्ने दिशामा प्रगति । अब पार्टीले आफ्नो स्थापनाको दोश्रो शताब्दीको लक्ष्ये हाँसिल गर्नका लागि अगुवाई गरिरहेको छ त्यो लक्ष हो : वर्ष २०४९ सम्म (जुन चीनीयाँ जन गणतन्त्र स्थापानको शत वार्षिकी वर्ष हो) चीनमा एउटा विकसित ताथ सद्भावनपूर्णं समाजवादी समाज स्थापना गर्ने ।
त्यस प्रतिवेदनमा के पनि नोट गरिएको छ भने बितेको दशकमा ‘चीनको जीडीपी ५४ ट्रिलियन यूवानबाट बढेर ११४ ट्रिलियन यूवान पुगिसकेको छ, त्यो विश्व अर्थ व्यवस्थाको १८.५ प्रतिशत हो । यसले पूर्वबर्ती अबधिको भन्दा ७.२ प्रतिशतले बढेको देखाउँदछ । चीनको प्रतिब्यक्ति जीडीपी ३९ हजार यूआनबाट बढेर ८१ हजार यूआन भइसकेको छ ।

चीन ‘अनाज उत्पादनको हिसाबले विश्वमा पहिलो स्थानमा छ र उसले आफ्ना १.४ अर्बभन्दा पनि बढी जनसंख्याका लागि खाद्य पदार्थ तथा ऊर्जा सुरक्षा सुनिश्चित गरेको छ । चीनको बिनिर्माण क्षेत्र पनि विश्वमा सबैभन्दा ठूलो छ । जस्तो कि चीनको वैदेशिक मुद्रा भण्डार सबैभन्दा बढी छ’ । यस काल खण्डमा चीनले द्रूत गतिको रेल मार्ग र एक्सप्रेस वेजमा पनि विश्वको सबैभन्दा ठूलो नेटवर्क निर्माण गरिसकेको छ । अनि हवाई अड्डाहरु, बन्दरगाह तथा जल संरक्षण, ऊर्जा, सूचना तथा अन्य आधारभूत संरचनाहरुको निर्माणमा पनि मूख्य मूख्य सफलता हासिल गरिसकेको छ ।

चीन यतिबेला विश्वका एक सय ४० देशहरु तथा क्षेत्रहरुको व्यापारमा पनि सहयात्री बनेको छ र बस्तुहरुको व्यापारको कूल मात्रामा चीनले विश्वलाई नेतृत्व गर्दछ भने विश्व लगानीको पनि चीन एउटा प्रमुख अंशियार हो भने विश्व लगानीमा पनि चीन एउटा प्रमुख देश बनिसकेको छ ।

यसरी नै बिज्ञान तथा प्रबिधिको विकासमा पनि आत्मनिर्भरता विकसित गर्नका लागि चीनको खोज अनुसन्धान विकासमा चीनको लगानी या खर्च एक ट्रिलियन यूआनबाट बढेर अहिले २.८ ट्रिलियन यूआन पुगिसेकेको छ । विश्वमा यो दोश्रो सबैभन्दा ठूलो खर्च हो ।

आर्थिक विकासमा चीनको जोड मानव विकासको मूल्यमा दिइने गरेको छैन । त्यस प्रतिवेदनमा भनिएको छ कि चीनमा मानिसको आयुको सीमा बढेर ७८.२ बर्ष पुगिसकेको छ भने चीनको प्रतिब्यक्ति खर्च गरिने आया १६ हजार पाँच सयबाट बढेर ३५ हजार एक सय यूआन हुुन पुगेको छ । अनि बितेको १० वर्षयता प्रतिबर्ष सरदर एक करोड ३० लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने गरिएको छ । अनि आज चीनमा विश्वको सबैभन्दा ठूलो शिक्षा प्रणाली, सामाजिक सुरक्षा प्रणाली र स्वास्थ्य प्रणाली छ ।

यी माथिका उपलब्धीहरुले चीनलाई शिक्षाको सार्वभौम उपलब्धता हाँसिल गर्नमा ऐतिहासि छलाङ्ग लगाउन, १.०४ अर्ब मानिसहरुलाई आधारभूत बृद्ध बीमा बिस्तार अन्तरगत ल्याउन र आफ्नो जनसंख्याको ९५प्रतिशत हिस्साका लागि आधारभूत चिकित्सा बीमा सुनिश्चित गर्ने लायक बनाएको छ ।


क्याटेगोरी : जनमञ्च, बिचार
ट्याग : #hot