Techie IT
×
गृहपृष्ठजनमञ्चसही नीति र नेतृत्वको अभाव हाम्रो नियति र संघर्षको स्थिति

सही नीति र नेतृत्वको अभाव हाम्रो नियति र संघर्षको स्थिति


आज हामी नेपालको इतिहासको अत्यन्तै असाधारण मोडबाट गुज्रिरहेकका छौं । एकातिर पुरानो राजनीतिक सत्ताको उपरी ढाँचामा सीमित परिवर्तन आए पछि बनेको अन्तरबिरोधपूर्ण संविधान पछिको दोश्रो निर्वाचनबाट यति बेला मुलुक घिस्रिँदै छ । अर्कोतिर यो निर्वाचनले पनि निकास दिन नसक्ने र ब्यापक अन्यौल, अनिश्चितता र अराजकताको माहोल ब्याप्त बन्दै जाने खतरा सम्मुख छ । यस प्रकारको अस्थिर परिवेशबाट मुलुकलाई सही दिशामा सन्तुलिन किसिमले डोर्याउदै र परिवर्तित जनअपेक्षाको परिपूर्ति गर्दै जान सक्ने नेतृत्वको अत्यन्तै अभाव देशमा बिद्यमान छ ।

त्यस्तो जनतामा आधारित र समर्पित, सन्तुलित र संकल्पबद्ध नेतृत्वको निर्माण गर्न अझै सकेको छैन जसले देशको स्वाधीनता, सार्बभौमिक अखण्डता, नगरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकार तथा जन जीबिकलाई सहज बनाउने ठोस आधार तयार गर्नका निम्ति बिश्वासिलो र भरोसायुक्त भूमिका खेल्न सकोस् । वास्वतमा अहिलेको अनिश्चितता र अन्यौल नयाँ नेतृत्वका निर्माणका लागि एउटा चूनौति र अवसरको समय पनि हो । अनि हामी सकारात्मक र सफल दिशातिर जाने कि असफल भएर अध्यारो सुरुङ्गभित्र पस्ने र फँस्ने भन्ने प्रश्न पनि हाम्रा अगाडि यतिबेला ठिङ्ग उभिएको छ ।

अनि यतिबेला हामीले अन्तर्राष्ट्रिय परिदृष्पयलाई हेर्यौँ भने पनि यो ठूलो उथलपुथलकै कालखण्डबाट परिस्थिति गुज्रिरहेको देखिन्छ । हुन पनि निरन्तर परिवर्तनकारी समयको सुइ कतै ठहरिँदैन र त्यो हलचलकै अवस्थामा रहिरहेको हुन्छ । यस परिप्रेक्षमा हेर्दा नेपालले एउटा अपेक्षाकृत अलिक स्थायी राष्ट्रिय व्यवस्थाको खोजी गरिरहेको छ । यसो हुनु आवश्यक र निश्चित पनि छ । यद्यपि समय सापेक्ष स्थायित्वको परिवेश शीघ्र नै बन्ला या अलिक बढी नै समय लाग्ला, यो परिवर्तन शान्तिपूर्ण किसिमले होला कि हिंसात्मक स्थिति पनि बिकसित होला अहिले नै यकिन गरेर यसबारे कसैले केही भन्न सक्तैन र सक्ने कुरा पनि वास्तवमा होइन ।

तर आज विश्वभरी र नेपालमा पनि के कुरा प्रष्ट र अखण्डनीय बन्दै गएको छ भने अब उत्पन्न या खडा हुने नयाँ विश्व व्यवस्था र नेपाली समाज व्यवस्थाको नेतृत्व भने कुनै एउटा समुदाय या समूह बिशेषको बर्चश्वकारुपमा एकल हातमा हुने छैन । यो बिविध समुदायहरु र समूहहरुको बिश्वासिलो आधारमा खडा राष्ट्रिय एकताको बीचबाट मात्र सम्भव हुन सक्नेछ ।

अहिले देखिँदै आएको पहिलो तस्बिर के हो भने विश्वमा चीन आफ्नो आर्थिक तथा सैनिक शक्तिको बिकास र बिस्तारसँगै विश्व इतिहासको सबैभन्दा शक्तिशाली देश बन्ने दिशामा दृढतापूर्र्वक अग्रसर छ । कतिपय आकलनकर्ताहरु त केसम्म भन्न थालेका छन् भने चीनले अहिलेदेखि नै यो भूमिका स्वीकार गर्न थालिसकेको पनि छ । यद्यपि कतिपयले भने चीन त्यो स्थितिमा पुगिसकेको स्वीकारेका छैनन् र त्यसो भइसकेको स्वीकार गर्नु अपरिपक्क र जल्दीबाजी हुन्छ पनि भनिरहेका छन् । उनीहरु त्यसको के ठूलो कारण दर्शाउँदछन् भने केही बर्ष पहिलाकोभन्दा चीनको अर्थव्यवस्था कोभिड–१९ को कारणले समेत यतिबेला केही ओरालो लागेको स्थिति छ र त्यसले गर्दा चीनको राजीतिक ब्यवस्था पनि कमजोर हुन पुग्ने सम्भावना हुन्छ र त्यो बढी आत्मकेन्द्रित पनि हुन पुग्दछ । विश्वको अर्को यो भन्दा भिन्न तस्बिर सत्यको बढी नजिक छ भन्ने मत राख्ने बिद्वान विश्लेषकहरु पनि छन् । त्यो के भने अब चीन र अमेरिका, दुबैको संयुक्त व्यवस्था बन्न जान्छ र दुबैले एक अर्कालाई परस्पर प्रभावित हिस्साको रुपमा चुपाचाप स्वीकार्दछन् भने दुबै एक अर्कासँग निकै कडा प्रतिस्पर्धा पनि गरिरहेका हुन्छन् ।

आजको विश्व बहुध्रुवमा जान खोजेको र गइरहेको जस्तै नेपाली समाज पनि कुनै अहिलेसम्म खाइपाइ आएका ठालु अभिजात वर्ग र समुदायको भरमा अब चल्न सक्ने स्थिति छैन । आम जनसमुदाय र बिशेषगरी शोषित, पीडित नेपाली जनसमुदाय र जन वर्गको सामयिक र सामुहीक हितको आधारमा मात्र देश सही दिशामा अघि बढ्न सक्ने र सम्हालिन सक्ने स्थिति बन्ने आभाष आजको स्थितिले दिइरहेको छ । यस स्थितिले स्वभावतः नयाँ नेतृत्व, नयाँ सामाजिक संरचना र नयाँ कानुन तथा नयाँ नयाँ संस्थाहरुको उपस्थितिको ठोस माग गर्दछ । फलतः कुनै एउटा हिजोदेखि नै बर्चश्वशाली शक्तिको भरमा रहने, हुने यथास्थिति अब कायम रहन र त्यसैको प्रभावमा समाज प्रबाहित भइरहन सक्तैन ।

हुन पनि जसरी हिजो विश्वमा खाश आर्थिक र सैनिक शक्तिको बलमा नयाँ अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गरिन्थ्यो र त्यसलाई अन्य सबै देशहरुले दबावमा परेर भए पनि बाहिर देखाउँदा स्वेच्छाले देखाउने या त अनिच्छापूर्व स्वीकार गर्ने गर्दथे यस्तो स्थिति हामी धेरै अघिको कुरा नगरी दोश्रो विश्व युद्धको अन्त्यदेखि यता विश्वमा अमेरिकी बर्चश्व चलेको अवस्था उदाहरणकारुपमा लिन सक्तछौँ । तर अब त्यसरी विश्व चल्दैन र एउटै देश पनि पहिलेदेखि चलि आएको वर्ग या अभिजात वर्ग बिशेषको एकल बर्चश्वमा चल्न सक्ने स्थिति बिज्ञान र प्रबिधिको अपूर्व बिकास लगायत अन्य बिकसित बिभिन्न अर्थ–सामाजिक कारणले गर्दा कायम रहन सक्तैन ।

वास्तवमा आजको स्थितिको सरसर्ती आँकलन गर्दा सम्भाबित तीनवटा तस्वीर देखा पर्न सक्ने अनुभूत गर्न सकिन्छ । अहिले देखिँदै आएको पहिलो तस्बिर के हो भने विश्वमा चीन आफ्नो आर्थिक तथा सैनिक शक्तिको बिकास र बिस्तारसँगै विश्व इतिहासको सबैभन्दा शक्तिशाली देश बन्ने दिशामा दृढतापूर्र्वक अग्रसर छ । कतिपय आकलनकर्ताहरु त केसम्म भन्न थालेका छन् भने चीनले अहिलेदेखि नै यो भूमिका स्वीकार गर्न थालिसकेको पनि छ । यद्यपि कतिपयले भने चीन त्यो स्थितिमा पुगिसकेको स्वीकारेका छैनन् र त्यसो भइसकेको स्वीकार गर्नु अपरिपक्क र जल्दीबाजी हुन्छ पनि भनिरहेका छन् । उनीहरु त्यसको के ठूलो कारण दर्शाउँदछन् भने केही बर्ष पहिलाकोभन्दा चीनको अर्थव्यवस्था कोभिड–१९ को कारणले समेत यतिबेला केही ओरालो लागेको स्थिति छ र त्यसले गर्दा चीनको राजीतिक ब्यवस्था पनि कमजोर हुन पुग्ने सम्भावना हुन्छ र त्यो बढी आत्मकेन्द्रित पनि हुन पुग्दछ । विश्वको अर्को यो भन्दा भिन्न तस्बिर सत्यको बढी नजिक छ भन्ने मत राख्ने बिद्वान विश्लेषकहरु पनि छन् । त्यो के भने अब चीन र अमेरिका, दुबैको संयुक्त व्यवस्था बन्न जान्छ र दुबैले एक अर्कालाई परस्पर प्रभावित हिस्साको रुपमा चुपाचाप स्वीकार्दछन् भने दुबै एक अर्कासँग निकै कडा प्रतिस्पर्धा पनि गरिरहेका हुन्छन् ।

तर यस्तो प्रकारको संयुक्त जस्तो देखिएको स्थितिमा यदि कसैले निर्बिरोध प्रभूत्व जमाउँन खोज्यो भने त्यतिबेला विश्व व्यवस्था अहिलेभन्दा अझ अस्थिर भएर जाने खतराको आशंका पनि त्यत्तिकै छ । अर्को तेश्रो तस्बिर हो बहु ध्रुबीय व्यवस्था उत्पन्न हुने दिशामा विश्व समुदायको अग्रसरता हो, जसको संरचना धेरै हदसम्म विश्व नेतृत्व लिने खालको बन्न सक्तछ । यस्तो खालको व्यवस्था दुई सय वर्षभन्दा अघि १८१५मा भियना कांग्रेसमा बनाइएको थियो । त्यसलाई झण्डैझण्डै १०० बर्षसम्म १९१४ मा पहिलो विश्व युद्धको आरम्भसम्म कायम गरिएको थियो र त्यसले विश्वमा एक किसिमको अमन चयन कायम राख्न सकेकाके थियो भनिन्छ । यो अन्तर्राष्ट्रिय परिदृष्यमा अहिले हुन थालेको या देखापर्न थालेको २१आँै शताब्दीको बहुध्रुबीय व्यस्थाको अनुरुप देखिन्छ र यो परिवर्तन हाम्रो जस्तो बिकासशील देश अनुकूल हुन सक्ने अपेक्षा समेत गरिन्छ ।

यद्यपि हामी अहिले केवल एउटा नैतिकवान, साहसी र संकल्पबद्ध राजनीतिक नेतृत्वको अभावमा एउटा कमजोर र फितलो किसिमको राजनीतिक परिवर्तनको कालखण्डबाट गुज्रिरहेका छौँ । देशमा प्रचुर प्राकृतिक श्रोत, साधन र निकै ठूलो जैबिक बिविधता भइकन पनि हामी परनिर्भर र परमुखापेक्षी विकासको गतिमा हाम्रो देश धेरै पछि रहेको नाजुक अवस्थामा छ । देशको सबैभन्दा ऊर्जाशील यूवा शक्ति रोजीरोटीको खोजीमा खाडीका मुलुक, मलेशिया, कोरिया लगायतका देशहरुमा आश्रय लिन पुगिरहेको स्थिति छ । यस्तो अवस्थामा उदय हुन सक्ने या हुन लागेको बहुध्रबीय विश्वबाट पनि उचित र आवश्यक लाभ लिन या उठाउन सक्ने स्थिति बन्न सकेको या बनेको छैन । निश्चय पनि विश्व बहुध्रबीय दिशातिर अग्रसर भइरहँदा हामीले पनि एक ध्रुबतिर नलागि सुख छैन र त्यो अहिलेको विश्वलाई सर्सरी हेर्दा एशियाली ध्रुबमै हाम्रो संलग्नता हुने स्थिति प्रष्ट देखिन्छ । निश्चय यसरी अहिले विश्व बहुध्रबीय दिशातिर अग्रसर भइरहँदा हामीले पनि एक ध्रुबतिर नलागि सुख छैन र त्यो अहिलेको विश्वलाई सरसर्ती हेर्दा एशियाली ध्रुबमै हाम्रो संलग्नता हुने स्थिति देखिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हाम्रो देशलाई यतिबेला अपेक्षाकृत एउटा सापेक्ष स्थिरताको आवश्यकता छ । त्यसैले पनि हामी विश्व शान्ति र सुरक्षा कायम होस् भन्ने कुरामा केन्द्रित हुने गर्दछौं । यस सन्दर्भमा खाशगरी विश्वमा बढ्दो गर्मी, जलवायु परिवर्तन, बिभिन्न माहामारीहरु, साइबर अपराध, अबैध लागु पदार्थहरुको तस्करी, अन्तर्राष्ट्रियरुपमा बढ्दो आतंकवाद जस्ता समकालीन रुपमा बढ्दै गएका गम्भीर समस्याहरुको विश्व समुदायले एकाग्र र एकजुट भएर समाधान निकाल्नु पर्दछ भन्ने कुरातर्फ नै लाग्न प्रेरित गर्दछ । के कुरा सही हो भने विश्वमा एउटा शक्तिशाली पद्धति र व्यवस्था कायम भयो भने त्यसले अरु सबै समस्या हल गर्न गराउँन सहज वातावरण बन्छ नै र बिभिन्न देशलाई पनि त्यसले सही दिशामा अग्रसर हुन दबावकारी भूमिका खेल्न सक्तछ नैं । तर त्यस्तो विश्व पद्धति बसाल्न सहज र सरल भने अवश्य पनि छैन ।

उल्लेख गर्ने नैं हो भने आजको अमेरिका १९५० को दशकयता विश्वको एउटा सबैभन्दा शक्तिशाली मुलुककारुपमा विश्व व्यवस्थामा अहिलेसम्म पनि हाबी रहेको छ । तर पश्चिमा प्रभूत्वले सदियाँैदेखि आकार लिँदै आयो । यसरी भन्नुपर्दा बस्तुतः अमेरिका वस्तवमा पश्चिमा प्रभूत्वको जनक देश भने होइन बरु त्यो प्रभूत्वको एउटा वारिस देश चाँही हो । तर अब कुनै पनि देशले अरु सबै देशको नेता बन्ने आकांक्षा राख्दछ भने उसलाई त्यस्तो बिरासत मिल्ने अवस्था छैन, जस्तो अमेरिकाले प्राप्त गरेको थियो ।

यद्यपी चीन प्राचीन सभ्यता भएको देश र अहिलेको बिकासमा विश्वमा अग्रणी भएको कारणले त्यो भूमिका निर्बहन गर्न अग्रसर हुन सक्तछ । तर चीनको चरित्र र उसले बिगतमा भोगेका अनेकाँै बाह्य दबाव र प्रभावका भयावह कठिनाईहरुका कारण भिन्नै किसिमले बनेको र परस्पर मैत्री र समान साझेदारका रुपमा आफुलाई विश्वका अगाडि प्रस्तुत गर्ने कुरानैं उसले सर्बोपरी राखेको देखिन्छ । त्यसैले चीन बहुध्रुबीय विश्वकै पक्षमा रहेको छ र विश्व शान्ति, समानता र समुन्नतिका निमित्त हिजोको जस्तो एक ध्रुबीय सोच आजको निमित्त सुहाउँदा पनि सुहाउँदैन र बहुध्रुबीय सामुहीक परिचालन, परस्पर अन्तरनिर्भरता सम्मानपूर्ण र समान साझेदारी अबको विश्वको गति र विकासको बाटो हो भन्ने निष्कर्श निस्कन्छ । यही नै अर्थात साझा समुन्नति र विकासको बाटो नै राष्ट्रिय राजनीतिको पनि आजको सापेक्ष मूल बाटो हो ।
नेपालले बदलिँदो नेपाली जनताको आकांक्षा र विश्वको बदलिँदो परिस्थितिबाट लाभ लिन सक्नेगरी आफ्नो नेतृत्वको विकास गर्न सक्नु र सिक्नु पर्दछ । त्यसामम रहेका बाह्य र आन्तरिक बाधा अड्चनहरुलाई पन्छाउन सक्नु पर्दछ । यसरी मात्र नबोन्नत नेतृत्वको निर्माण हुने आधार तयार हुन्छ । यही नै नयाँ नेपालको आजको बदलिँदो परिस्थिति सापेक्ष मूलबाटो पनि हो । अनि बैज्ञानिक मूल्य पद्धतिमा आधारित भएर यस यथार्थमा अडिग हुन सकेमा मात्र सही नेतृत्व निर्माण हुन सही दिशामा अघि बढ्न सक्छ । अन्यथा नेतृत्वको खडेरी फेरि पनि हाम्रो नियति बनिरहने छ ।

 


क्याटेगोरी : जनमञ्च, बिचार
ट्याग : #hot