बर्षा सकिएर शरद ऋतुको आगमन हुँदैछ । शरदको आगमनसँगै भोलि अर्थात, भदौ १७ गतेदेखि यस वर्षको सोह् श्राद्ध सुरु हुँदैछ । शरदमा दशैँ, तिहार, छठ लगायतका पर्वहरु पर्छन् । संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक भएतापनि यहाँ हिन्दू धर्म मान्नेहरुको बाहुल्यता छ । त्यसैले हिन्दू धर्म कर्ममा आस्था राख्ने नेपालीहरुको संख्या ८० प्रतिशत भन्दा माथि नै होला ।
अधिकाँश हिन्दुहरुले ठूला ठूला पर्वहरु मनाउनुपूर्व आफ्नो परिरवारका दिवंगतहरुलाई स्मरण गर्ने पौराणीक मन्यता, संस्कार र संकृती हो । त्यसैले दशैँ सुरु हुनुभन्दा १६ दिन अघि सोह् श्राद्ध बारना गर्ने चलन पनि पुरानै हो । यीनै १६ दिन भित्र कुनै एक दिनलाई तिथी मानेर आफ्नो घरका दिवंगत ब्यक्तिको स्मरणमा श्रद्धापूर्व श्राद्ध गर्ने बिगतदेखिको प्रचलन हो । हिन्दू अनुयायीहरुले पितृ उद्धारको उद्देश्ले प्राचिन कालदेखि सुरुआत गरेको यो कार्य पूर्णिमादेखि जमरे औंसीसम्म गरिन्छ । सोह् श्राद्धमा अनुष्ठानकासाथै तर्पण तथा पिण्डदान दिने गरिन्छ । जसमा पुरेत, पण्डित वा गुरु आवश्यक पर्छ ।
विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयहरुले ‘भर्चुअल’ कक्षा र ‘भर्चुअल मिटिङ’ गरे जस्तै के श्रोह् श्राद्ध पनि भर्चुअल नै गर्न मिल्दैनर गुरु बा ? यदि यो महामारीमा हामी सबै पथ परेमा बसेर आफ्नो ज्यान जोगाउन सक्यौँ भने पोहोर, परार नै ज्यान गुमाइसकेकाहरुलाई त शुद्ध मनले पछि नै श्रद्धापूर्व श्राद्ध गरौँला नि हुन्न ?
तर यस वर्ष कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको छ । नेपाल पनि यो भाइरस संक्रमणबाट अछुतो छैन । नेपालको स्वास्थ्य, शिक्षा, अर्थ, पर्यटन, खेलकुद, धार्मिक लगायतका सम्पूर्ण क्षेत्र कोरोना कहरले थिलथिलो बनाएको छ । खुल्ला विश्व नै यतिबेला जेल झैँ बनिरहेको छ । अधिकाँश मुलुकले यस संक्रमणबाट जोगिनका लागि निषेधाज्ञा, आइशोलेसन, लकडाउन लगायतका बिधीहरु अवलम्बन गरेका छन् । नेपालको पनि अधिकाँश स्थानमा अहिले स्थानीय सरकारले निषेधाज्ञा जारी गरिरहेको छ ।
देशमा निषेधाज्ञाको मिति थपिदै जाँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु बन्द छन् । स्कूल, कलेजहरु अधिकाँश बन्द छन् । सहर बजारका केही सुबिधा सम्पन्न नीजि स्कुलहरुले भने अनलाइन कक्षा (भर्चुअल क्लास) सञ्चालन गरेका छन् । बैँक, सार्वजनिक यातायात, अधिकाँश सरकारी कार्यालयहरु पनि बन्द नै छन् । अत्यावश्येक बाहेकका सम्पूर्ण सेवाहरु बन्द छन् ।
कोरोना कहरकैबीच धेरै चाड पर्वहरु यो वर्ष त्यत्तिकै बितेका छन् । गत चैतदेखि नैं सुरु भएको ‘लकडाउन’को कुरा गर्ने हो भने नेपालीहरुले बैशाख १ गतेको नयाँ वर्ष हर्षोल्लासकासाथ मनाउन पाएनन्, होली पर्व ‘होम आइसोलेशन’मै त्यत्तिकै बित्यो, जनै पूर्णिमामा कुनै उल्ल भएन, हरितालिका (तीज) पनि दिदी बहिनीहरुले मन्दिर र चौरहरुमा धोको फेरेर मनको बह फुकाउँदै नाच्नुको सट्टा घरको छत र कोठामै सिमित भए । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा मनाइने गाईजात्रा पर्व पनि घरको आँगनमै सिमित भयो । त्यसैगरी काठमाडौं उपत्यकामा मनाइने पर्व रातो मच्छिन्द्रनाथको लिंगो पनि ठडिएन ।
सोह् श्राद्धमा एउटै पुरेतले एकै दिन ५,७ वटा घरपरिवारमा श्राद्ध गर्न पुग्छन् । यसरी हेर्दा एउटा पुरेतले सोह् श्राद्धभरी लगभग ८० देखि १०० परिवारमा पुगेर श्राद्ध गर्छन् । त्यसैले अहिलेको यो महामारीलाई मध्येनजर गर्दै यदि पुरेतबाहरु सजक र सचेत बन्ने हो र ‘भर्चुअल’ प्रविधि मार्फत श्राद्ध गर्ने हो भने कोरोनाको महामारी थप फैलावट हुनबाट रोक्न टेवा पुग्थ्यो कि ?
अव सोह् श्राद्ध सुरु हँदै छ । तर कोरोना महामारीको सन्त्रासले गर्दा सोह् श्राद्धभरी नै भिडभाड हुने काठमाडौंको गोकर्ण, पुशपतिनाथ क्षेत्र, मुस्ताङको कागबेनी, र अन्य मठ मन्दिरमा पनि पूजापाठ गर्न स्थानीय सरकारले पक्कै रोक लगाउने छ । विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयहरुले ‘भर्चुअल’ कक्षा र ‘भर्चुअल मिटिङ’ गरे जस्तै के श्रोह् श्राद्ध पनि भर्चुअल नै गर्न मिल्दैनर गुरु बा ? यदि यो महामारीमा हामी सबै पथ परेमा बसेर आफ्नो ज्यान जोगाउन सक्यौँ भने पोहोर, परार नै ज्यान गुमाइसकेकाहरुलाई त शुद्ध मनले पछि नै श्रद्धापूर्व श्राद्ध गरौँला नि हुन्न ?
अहिलेको युवा पुस्ताले त श्राद्ध नगर्ला तर घरमा बुढा बुढी भएका बा आमाको मन बुझाइदिन पनि श्राद्ध गर्नु कतिपयको बाध्यता हुन्छ । सोह् श्राद्धमा एउटै पुरेत वा पण्डितले एकै दिन ५,७ वटा घरपरिवारमा श्राद्ध गर्न पुग्छन् । यसरी हेर्दा एउटा पुरेतले सोह् श्राद्धभरी लगभग ८० देखि १०० परिवारमा पुगेर श्राद्ध गर्छन् । त्यसैले अहिलेको यो महामारीलाई मध्येनजर गर्दै यदि पुरेतबाहरु सजक र सचेत बन्ने हो र ‘भर्चुअल’ प्रविधि मार्फत श्राद्ध गर्ने हो भने कोरोनाको महामारी थप फैलावट हुनबाट रोक्न टेवा पुग्थ्यो कि ? गुरुलाई दिने भेटी, दक्षिणा त अनलाइन बैंकमार्फत पठाउन सकिन्छ नि, कि कसो ? सयमबद्ध साप्ताहिकबाट

क्याटेगोरी :
बिचार,
साहित्य
ट्याग : #breaking