Techie IT
×
गृहपृष्ठबिचारबैकल्पिक मिडियाको दोस्रो बयान

बैकल्पिक मिडियाको दोस्रो बयान


आमरुपमा संकटको समयमा बैकल्पिक मिडियाको आवश्यकता महशुस हुन्छ । कुरो यतिमै काफी भने छैन । संकट र समस्या त हरेक समयमा आइरहेकै हुन्छ । संकटको उत्कर्षमा बैकल्पिक मिडियाको बढी महसुस भएको मात्र हो । समाज, समुदाय र देशलाई अगाडि बढाउन बैकल्पिक मिडियाको अपरिहार्यता जहिल्यै भैरहन्छ ।

मूलधारका मिडियाहरु परम्परागत र यथास्थितिका अभिलेखकर्ता हुन् । मिडियाको माध्यमबाट मेसेजको व्यापार गर्ने यिनको अभीष्ट हुन्छ । पैसा र शक्तिकालागि यी मिडियाहरुले आफ्नो मिडिया सन्देश उत्पादन गर्छन् । मिडियाको बन्दोबस्त नाफा र शक्तिको लागि गरिने भएकाले यसले कहिल्यै पनि अग्रगमनको पैरवी गर्दैन ।

अघिल्लो आलेखमा साना लगानी र स्वराजमूलक माध्यम, बैकल्पिक मिडियाको अन्तरंग र यसको परिचयको सन्दर्भ जोडिएको थियो । नेपालको सन्दर्भमा बैकल्पिक मिडियाको आरोह अवरोह र अबको यात्रा कस्तो हुने प्रश्नको प्रस्ताव थियो । यो आलेखमा यसका अन्य विषयमा छलफल केन्द्रित गर्ने प्रयत्न गरिएको छ ।

आपतकालको सारथी :

बैकल्पिक मिडिया आपतकालको सारथी बन्न सक्छ भन्ने विषय विश्व इतिहासले देखाएको छ । स्पेनिश फ्लुको महामारीमा स्पेनका पत्रपत्रिकाले सत्यतथ्य समाचार सम्प्रेषण गरेबाट पनि बुझ्न सकिन्छ । विश्वयुद्धमा असंलग्न रहेको स्पेनको पत्रकारिताले त्यो महामारीको सत्यतथ्य बाहिर ल्याएको अर्थमा त्यो महामारीको नाम नै पछि स्पेनिस फ्लु रहन गयो ।

मिडिया नै म्यासेज हो भन्ने भ्रम अझै चिरिएको छैन । यो प्रतिक्रियावादी दृष्टिकोण हो । मिडिया म्यासेज त हुँदै होइन । मिडिया माध्यम, साधनमात्र हो । यो रुप पक्षको कुरा भयो सार त मिडियाले पस्कने खुराक हो । मिडियाले उत्पादन गरी प्रचारप्रसार गर्न योग्य बनाएको अन्तरबस्तु हो । मुलधारको मिडिया शक्ति र पैसा हत्याउने मसाज जस्तो भएको छ । यसको विकल्पमा आउने बैकल्पिक मिडिया नै आजको खोजी हो ।

सन् १९७५ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आपतकाल घोषणा गर्दा त्यहाँका मुलधारे मिडियाले घुँडा टेकेका थिए । त्यो समयमा मुलधारका मिडियाले इन्दिरा गान्धी र उनका छोरा सञ्जय गान्धीको स्तुती गाए । गान्धीले घोषणा गरेको २० सूत्रीय कार्यक्रमको प्रशंसा गरेर मिडियाको व्यापार जोगाएका थिए । के.के विड्लाको स्वामित्वमा रहेको द हिन्दुस्थान टाइम्स, टाइम्स अफ इण्डिया, दक्षिण भारतबाट प्रकाशित हुने द हिन्दू सेल्फ सेन्सरसिपमा गए ।

यसैबखत भाजपाका नेता लालकृष्ण आडबाणीले भारतीय मुलधारे मिडियाको सन्दर्भमा रोचक भनाइ राखेका थिए । उनले ‘इन्दिरा गान्धीले भारतीय मिडियालाई झुक्न भनेका थिए तर लम्पसार नै परे’ भनेका थिए । अपवादमा इण्डिया एक्सप्रेस र द स्टेटम्यान जस्ता क्षेत्रीय अखबार मात्र रहे ।

नेपालकै सन्दर्भमा पनि राजा ज्ञानेन्द्र कालमा नेपालका मुलधारे मिडियाले आफ्नो व्यवसायको रक्षा गर्ने काम गरे । त्यसबखत चलेको जनयुद्धको बर्खिलाप गर्ने काम नै मुलधारे मिडियाको थियो । जनयुद्धको प्रचार गर्ने मिडियालाई सत्ताले निमोठी रहँदा वा नेपाली जनताको साथमा मुलधारका मिडिया थिएन । जब ज्ञानेन्द्रले उनीहरुमाथि पनि हमला बोले तबमात्र ति मिडिया जनपक्षीय भएको ढोंगमा थिए । नेपालको राजनैतिक उथलपुथलमा बैकल्पिक मिडिया अर्थात साना लगानीका वा स्वराजमूलक मिडिया नै खरोरुपमा लोकतन्त्र, राजनैतिक स्वतन्त्रता र परिवर्तनको पक्षमा देखिएका थिए ।

पञ्चायतकालमा विमर्स, दृष्टि, प्रकाशलगायतका अखबारले खेलेको भूमिका बैकल्पिक मिडियाको थियो । पछिल्लो समयमा जनादेश, दिशाबोध, झिल्को, मूल्याङ्कन लगायत अनेक पत्र–पत्रिकाहरुले बैकल्पिक मिडियाको प्रतिनिधित्व गरेका थिए । भलै ति अखबार वा मिडिया आज त्यो रुपमा नहुन ।

सन् १९८० को दशकमा आएर बैकल्पिक मिडियाको आवश्यकता भारतमा गरियो । भारतमा चलेको माओवादी (नक्सलवादी) आन्दोलन र कतिपय सामाजिक तथा जनपक्षीय आन्दोलनको पक्षमा पैरवी गर्ने ‘समकालीन तीसरी दूनियाँ’ जस्ता अखबार प्रकाशनमा आए । भारतका बरिष्ठ जनपक्षीय पत्रकार आनन्दस्वरुप बर्माको नेतृत्वमा आएको यो माध्यमले दक्षिण एसीयासहित विश्व कम्युनिष्ट आन्दोलनको पक्षमा जोडदार बहस चलाएको थियो ।

आज कोभिड १९ जस्तो महामारीका विषयमा सत्यतथ्य बैकल्पिक मिडियाको अभावमा बाहिर आउन सकेको छैन । सरकार र कर्पोरेटको हितमा आएका समाचारले कोभिडको जनमत बनाएको छ । कोभिडलाइ हाउगुजी बनाएर जनतालाई आतंकीत बनाइएको छ ।

मिडिया र म्यासेज :

मिडिया नै म्यासेज हो भन्ने भ्रम अझै चिरिएको छैन । यो प्रतिक्रियावादी दृष्टिकोण हो । मिडिया म्यासेज त हुँदै होइन । मिडिया माध्यम, साधनमात्र हो । यो रुप पक्षको कुरा भयो सार त मिडियाले पस्कने खुराक हो । मिडियाले उत्पादन गरी प्रचारप्रसार गर्न योग्य बनाएको अन्तरबस्तु हो । मुलधारको मिडिया शक्ति र पैसा हत्याउने मसाज जस्तो भएको छ । यसको विकल्पमा आउने बैकल्पिक मिडिया नै आजको खोजी हो । आवाज विहीनहरुको आवाज बैकल्पिक मिडियाले मात्र दिन्छ । फेरी यथार्थमा बैकल्पिक मिडिया सिद्धान्त र विचारले लेस हुनुपर्छ । नाम बैकल्पिक राखेर मात्र मिडिया बैकल्पिक हुन्न ।

कर्पोरेट घराना वा पारिवारिक विरासतमा पुगेको मिडिया संस्थानले आजको प्रश्नको हल गर्दैन । आज विश्वव्यापीरुपमा एक नश्लीय, एक जातीय, एक सांस्कृतिक बर्चस्व स्थापित गर्ने मुहिम चलेको छ । मुट्ठिभर सभ्रान्त वर्गको हातमा रहेको पुँजीले विश्वबजारका राजनैतिक, आर्थिक क्षेत्रलाइ प्रभावमा पारेको छ । मिडिया पनि त्यसैको प्रभाव भित्र छ ।

कर्पोरेट घराना वा पारिवारिक विरासतमा पुगेको मिडिया संस्थानले आजको प्रश्नको हल गर्दैन । आज विश्वव्यापीरुपमा एक नश्लीय, एक जातीय, एक सांस्कृतिक बर्चस्व स्थापित गर्ने मुहिम चलेको छ । मुट्ठिभर सभ्रान्त वर्गको हातमा रहेको पुँजीले विश्वबजारका राजनैतिक, आर्थिक क्षेत्रलाइ प्रभावमा पारेको छ । मिडिया पनि त्यसैको प्रभाव भित्र छ ।

बैकल्पिक पत्रकारिता र मिडियाको विशेषता :

बैकल्पिक पत्रकारिता र बैकल्पिक मिडिया अन्तरसम्बन्धित छन् । यी दुई विषयको कुल जोडले नै बैकल्पिक मिडियाको अर्थ दिन्छ । बैकल्पिक पत्रकारिताले सत्ताको बास्तुकलामा जहिल्यै आलोचनात्मक चेत राख्छ । मुलधारे मिडियाले स्थापित गरेको कथित मान्यतालाई खारेज गर्दै बैकल्पिक जनमत तयार गर्नु यसको मूख्य विशेषता हो । यस्तो मिडिया सहभागितामूलक हुन्छ । आम जनचासोको आधारमा यसका उत्पादनहरु हुन्छन । यो नाफारहीत हुन्छ । यसको अर्थ यो व्यवसायिक हुन्न भन्ने होइन । यसमा संगठीत लगानी हुन्न ।

जुनदिन संगठीत लगानी यसमा भित्रिन्छ त्यहि दिनदेखि यसको बैकल्पिक विशेषता रहन्न । लोकतन्त्रको पुनस्थापना पछि नेपालमा धेरै विद्युतीय माध्यमका रेडियो, टेलिभिजन, अनलाइनहरु खुले । तर यी माध्यमहरु बैकल्पिक हुन सकेनन् । यसमा संगठीत लगानीलाई प्राथमिकता दिइयो । अर्को सरकारले पनि दर्ता, फ्रिक्वेन्सी वितरण, नविकरण जस्ता झन्जटिलो नियम राखेर बैकल्पिक मिडियाको भूमिकामा जाने बाटो अबरुद्ध गरिदियो ।

रहलपहल :

यो आलेखको यो दोस्रो भाग हो । यसपछि बैकल्पिक मिडिया र कर्पोरेट मिडियाको तुलना, बैकल्पिक मिडियाको अर्थशास्त्र, लगानी, व्यवस्थापनका नमूनाको बारेमा पनि चर्चा गरिनेछ । यसलाई खण्डखण्ड गरी प्रकाशित गर्नुको मकसद बहस होस् भन्ने हो । यो आलेखलाई पूर्णता दिन खोजिएको हो ।

यो पनि पढ्नुहोस्,

बैकल्पिक मिडियाको प्रारम्भिक बयान–१

‘इन्टरनेट’ले जोडेको ‘भर्चुअल’ संसार ‘डिसकनेक्ट’ मा सिनित्तै !


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #journalism


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार