Techie IT
×
गृहपृष्ठजनमञ्चओली एमालेको अन्तिम बलमा ‘फ्रि हिट’

ओली एमालेको अन्तिम बलमा ‘फ्रि हिट’


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संयोजित सत्तारुढ गठबन्धनविरुद्ध केपी शर्मा ओली नेतृत्वको एमालेको तर्फबाट पञ्चवर्षीय अवधिको अन्तिम ओभरको अन्तिम बलमा ‘फ्रि हिट’को अवस्था बन्न पुगेको छ ।
क्रिकेट खेलमा बलिङ गर्ने पक्ष कमजोर अवस्थामा रहेका बेला रन नदिएर विकेट चोर्ने दाउमा हुन्छ । तर अन्तिम बलमा ‘फ्रि हिट’ बलिङ पक्षका लागि दुर्भाग्य नै हुन्छ । किनभने ‘फ्रि हिट’ले एकतर्फ सकिन लागेको बल ब्युँतिने मात्र होइन अनावश्यक ६ रनको जोखिम एकै पटक बढ्न जाने हुन्छ । ‘फ्रि हिट’मा खेलाडीलाई ‘आउट’ हुने जोखिम शून्य हुन्छ र अधिकतम् ६ रन जोड्ने अवसर हुन्छ । साथै अर्को बलमा बन्ने जोखिम सहितको ६ रनको सम्भावना बढेर गएको हुन्छ । एमालेका नेता केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न भनी दिएको सुझावले राष्ट्रपति भण्डारीलाई सर्वोच्च अदालतमा बकपत्रका लागि उभ्याउन लगाएको त छँदै छ, एमालेका अध्यक्ष ओलीलगायतका नेतालाई जनतालाई जवाफ दिन बाध्य पारेको छ ।

सत्तारूढ गठबन्धन र तिनका नेताले यो ‘फ्रि हिट’को अवसरलाई अधिकतम् रन जोड्ने मौकाको रूपमा उपयोग गर्न सक्छन् वा सक्दैनन् त्यो आगामी दिनमा देखिनेछ । तर ओली र उनका सहयोगी पार्टीका नेताहरुले आफूलहरूले जन्मसिद्धका सन्तानलाई नागरिकता पाउनुपर्ने पक्षमा रहेको र त्यसका लागि अध्यादेश ल्याएको जिकिर गरेर सफाइ दिन थालेका छन् । उनीहरूको यो जिकिर आधारहीन छ । उनीहरूले यो सरासर झूठो बोलिरहेका छन् । उनीहरूको मनसाय नै नागरिकता विधेयक नबनोस् भन्ने छ । ओली नेतृत्वको सरकारले नै नागरिकता विधेयकलाई समयमा पारित नगराएको हो । अनावश्यक बखेडा झिकेर यसलाई थन्काउने काम गरेको हो । ओलीले आफ्नो खुट्टो बञ्चरोमा हानेर पार्टी फुटाउने काम गरी सरकार कब्जा गर्ने हरेक तिकडम नचालेका होइनन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूखुशी गर्न लगाएको परिदृश्य जनतासामु ‘त्यो पर्दैन’ भनी ओलीका अभिव्यक्तिका भिडियो अझ पनि अर्काइभमा छन् । ओलीलाई जतिखेर राष्ट्रपति भवन शीतल निवासको सहयोग चाहियो, त्यतिखेर शीतल निवासले सहयोग गरेको जगजाहेर नै छ । अहिलेका लोकतान्त्रिक समाजवादी पार्टीका भएभरका सांसदहरूलाई सरकारमा सामेल गराइ सरकार जोगाउने बेला नागरिकता अध्यादेश ओलीले पठाउँदा तत्कालै सोही दिन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । अध्यादेश महन्थ ठाकुर नेतृत्वमा रहेको जनता समाजवादी पार्टीको सो समूहका नेताहरूलाई सरकारमा सामेल हुनका लागि चाहिने राजनीतिक ‘स्पेस’का लागि ल्याइएको थियो ।

अध्यादेशको आयु आफैंमा ६ महिनाको हुन्छ । पारित नभए त्यो आफैँ अर्थहीन भएर जाने अवस्था छँदै थियो र एमालेका नेताहरूले यो नागरिकता विधेयकलाई अझ लम्ब्याउन चाहेका थिए । सरकार जोगाउन ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सरकारमा ल्याउन गरेको त्यो चालबाजी मात्र थियो । जब ओलीले त्यो चालबाजीबाट सरकार जोगाउन सकेनन् तब उनले सत्तारूढ गठबन्धनले यो विधेयक पारित नगरोस भन्ने चाहेका थिए । यो विधेयक पारित भए यसबाट लाभ लिनेहरूले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सम्भावना समाप्त पार्ने योजना बुनेर ओलीले राष्ट्रपति भण्डारीलाई यो विधेयक पारित नगर्नू भनी सुझाव पठाए । राष्ट्रपति भण्डारीले त्यसै गरिन् । संसदमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा राजनीतिक दलमा सहमति नभएको कुरा सबैलाई थाहा भएको विषय हो भनेका थिए ।

अध्यादेशको आयु आफैंमा ६ महिनाको हुन्छ । पारित नभए त्यो आफैँ अर्थहीन भएर जाने अवस्था छँदै थियो र एमालेका नेताहरूले यो नागरिकता विधेयकलाई अझ लम्ब्याउन चाहेका थिए । सरकार जोगाउन ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सरकारमा ल्याउन गरेको त्यो चालबाजी मात्र थियो । जब ओलीले त्यो चालबाजीबाट सरकार जोगाउन सकेनन् तब उनले सत्तारूढ गठबन्धनले यो विधेयक पारित नगरोस भन्ने चाहेका थिए । यो विधेयक पारित भए यसबाट लाभ लिनेहरूले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सम्भावना समाप्त पार्ने योजना बुनेर ओलीले राष्ट्रपति भण्डारीलाई यो विधेयक पारित नगर्नू भनी सुझाव पठाए । राष्ट्रपति भण्डारीले त्यसै गरिन् । संसदमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा राजनीतिक दलमा सहमति नभएको कुरा सबैलाई थाहा भएको विषय हो भनेका थिए ।

अहिले जेजस्तो व्यवस्था रहेको थियो र ओलीले अध्यादेशको रूपमा ल्याएको विषयलाई विधेयकमा राखिएको जबाफ उनले दिएका थिए । जुन दिन सहमति भयो त्यो दिन त्यही सहमतिका आधारमा नागरिकता कानुनमा हेरफेर गर्न सकिने भावको अभिव्यक्ति संसदको रेकर्डमा छ नै । ओली एमालेका नेताहरूसँग बाँकी रहेको आधारहीन उग्रराष्ट्रवादी एजेन्डालाई उचाल्नु रहेको छ । त्यसकै आधारमा फेरि चुनाव जित्ने योजना ओली एमालेको रहेको छ । किनभने ओली एमालेको आधार गुमेको सबैको अगाडि छ नै ।

गत स्थानीय चुनावमा माधव नेपालको एकीकृत समाजवादीको अपेक्षित सफलता हासिल नभए पनि उनीहरूले आँकलन गरेको संघीय र प्रदेश सभामा आफ्नो स्थान पाउन सकिने सम्भावना देखेकै छन् । गएको स्थानीय निर्वाचनमा गठबन्धनको अवस्था वडासम्म नबनेको र विभिन्न ठाउँमा गठबन्धनको मर्म र भावना नभएपनि गठबन्धनका दलहरूले पाएको सफलताले ओली एमाले चिन्तित बनेको छ । ओली एमालेले यही चिन्तालाई घटाउन नागरिकता विधेयकलाई थन्क्याउन लगाएका थिए । राष्ट्रपति भण्डारीले संविधानको प्रावधान टेकेर विधेयक अल्झाउने काम गरिन् । त्यतिखेर विधेयक अल्झाएर खोजेको काम पूरा भइसकेको थियो । विधेयक कानुन बनेर जाँदा त्यस अनुसार नागरिकता बनाउनेहरूले नयाँ मतदाता बन्ने अवस्था बाँकी रहेको थिएन् । ओली एमालेले यसबारे ध्यान दिएन । राष्ट्रपति भण्डारीलाई दोस्रो पटक विधेयक प्रमाणीकरण गर्न ओलीले लगाएको भए हुन्थ्यो ।

दोस्रो पटक राष्ट्रपति भण्डारीबाट ‘बल्ण्डर’ गर्न लगाए । यसबाट भण्डारीलाई सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा प्रमाणीकरण किन नगरेको जबाफ दिन लगाएको छ । यसको जवाफ १५ दिन भित्र दिन भनिएको छ । यसमा अग्राधिकार हुने पेसी र बहसबाट फैसला आगामी मंसिर ४ गते अघि आए पनि नआएपनि यो विषय चर्चामा रहिरहने छ ।

एकथरी जनता र नागरिकता नपाएकाहरूको पक्षमा बनेको सकारात्मक माहोलले ओली एमालेविरुद्ध ‘फ्रि हिट’ गर्ने भए । अध्यादेश र विधेयकका प्रावधान लिएर ओली एमालेका सचेत जनतामाझ त्यो पार्टी झूठको खेती गरिरहेको छ, अरूलाई राष्ट्रघाती झूठा आरोप लगाइरहेको छ , अध्यादेश राष्ट्रघाती हो कि विधेयक राष्ट्रघाती हो ? त्यसको बहस तलसम्म जान जरुरी छ ।

यो काण्डले ओली एमालेका अन्धभक्तहरू बाहेकका ओली एमालेका मतदाताहरूमा चिरा पर्ने सम्भावना छ । अर्कोतर्फ ओली एमालेको विकल्पमा एकीकृत समाजवादी छँदैछ । जनताको नाममा ओली एमालेका नेताहरूले मनपरी गरी आएको भन्ने काम एकीकृत समाजवादीका कार्यकर्ताबाट हुने नै छ । साथै उनीहरूलाई गठबन्धनका अन्य घटकहरूले साथ दिनेछन् । यसरी हुने ‘फ्रि हिट’बाट ओली एमालेलाई थप कमजोर बनाउने छ । ओली एमालेसँग ‘फ्रि हिट’ रोक्ने उपाय छैन । तर सत्तारूढ गठबन्धन पनि यो अवस्थालाई ठिक ढङ्गले पहल लिनुपर्ने आवश्यकता छ । ओली एमाले ‘फ्रि हिट’बाट ब्यँुतिएको बल ‘बलिङ’ गर्न गठबन्धनका दलमा विवाद पसाइसकेको देखिएको छ । सत्तारूढ गठबन्धन दलका नेताहरूले यसबाट हुन सक्ने असर कम गर्न प्रयास नगरे र ‘फ्रि हिट’को उपयोग ठिक ढङ्गले नगरे ओली एमालेलाई ‘फ्रि हिट’को असर कम गर्न पाउने अवस्था भने विद्यमान छ ।

कांग्रेसमा देउवा इतरले संस्थापन पक्षको आन्दोलन र माओवादीमा टिकट नपाउनेहरूले राजीनामा दिएर स्वतन्त्र बन्न थालेको परिघटना यसै परिवृतको हुन सक्छन् । नभएपनि यस्ता घटनाबाट हुने क्षति कम गर्ने उपाय सत्तारूढ गठबन्धनले गर्न सके ओली एमालेको झूठ मनगढन्ते आधारहीन उग्रराष्ट्रवादी एजेन्डाको लबेदामा फालिने ‘फ्रि हिट’ र त्यसपछिका बलिङ बाउण्डरी बाहिर जाने पक्का छ । त्यसको परिणामका लागि मंसिर ४सम्म पर्खन भने आवश्यक छ ।


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस