Techie IT
×
गृहपृष्ठबिचारकोरोना नियन्त्रणको डेनिस मोडल सर्वाधिक जनअनुमोदित, नेपालले यसबाट सिक्नसक्छ ?

कोरोना नियन्त्रणको डेनिस मोडल सर्वाधिक जनअनुमोदित, नेपालले यसबाट सिक्नसक्छ ?


कोरोना महामारी नियन्त्रणका लागि गरिएका विभिन्न मोडलहरूमा डेनमार्क सरकारले गरेको व्यवस्थापकीय मोडल सबैभन्दा बढी जनअनुमोदित रहेको पाइएको छ ।

एक अन्तर्राष्टिय रिसर्च सेन्टरले गरेको यस्तो मोडलहरूको सर्वेक्षणबाट जनअनुमोदित स्तर डेनमार्क रहेको छ ।

विश्वका १४ अर्थतन्त्रहरूको यो अध्ययनमा डेनमार्कको मोडललाई ९५ प्रतिशत जनताले समर्थन दिएको पाइएको छ ।

युरोपका देशहरूम कोरोनाका लागि पहिले लकडाउनबाट बाहिरिएर विद्यालय खुला गर्ने देश डेनमार्क थियो । गर्मीमा दोस्रो चरणको संक्रमणको प्रवाह आउने सम्भावनाको भयलाई द्रुतगतिमा नियन्त्रण गरियो ।

डेनमार्कपछि राम्रो मोडलका लागि जनताका समर्थन प्राप्त गरेको मोडल अस्ट्रेलियाको छ । अस्ट्रेलियाको मोडललाई ९४ प्रतिशत जनताले अनुमोदन गरेको पाइएको छ ।

डेनमार्कमा मध्यबाम लोकतान्त्रिक समाजवादी नेतृत्वको सरकार छ भने अस्ट्रेलियामा मध्यदक्षिण उदारवादी स्कट मोरिसनको नेतृत्वमा सरकार रहेको छ ।

दुबै बाम दक्षिण मान्यता बोक्ने राजनीति मान्यता बोक्ने १० मध्ये ९ जनाले कोरोनाभाइरस विरूद्धको लडाईंमा राम्रो काम गरेको बताएको पु रिसर्च सेन्टरका अनुसन्धान सहयोगी काट डेभलिनले बताएका छन् ।

बेलायतमा तुलनात्मकरूपमा यी दुई देशको तुलनामा आधा जनताले मात्र सरकारको कामबाट खुशी भएको बताएका छन् । ४६ प्रतिशत जनताले मात्र बेलायती सरकारले कोरोना संकटका बेला राम्रो काम गरेको बताएका छन् । बेलायतको यो स्तर १४ देशहरूमा सबैभन्दा न्यूनतम स्तरमा रहेको छ । अमेरिकामा कोरोनाका लागि गरिएको काम राम्रो काम भएको भनी ४७ प्रतिशत जनताले समर्थन जनाएका छन ।

डेनमार्कको छिमेकी स्विडनको सरकारले विभिन्न किसिमका विवादास्पद रणनीति अपनाएको थियो । स्विडनका ७१ प्रतिशत जनताले त्यहाँको सरकारले राम्रो काम गरेको बताएका छन ।

डेनमार्कको जनतामा कम कम भन्दा क्षति भएको देखिएको छ । ७३ प्रतिशत डेनमार्कका जनताले महामारीले जीवनमा खासै परिवर्तन नभएको बताएका छन भने स्विडनका ७१ प्रतिशत जनताले जीवनमा ठोसरूपमा परिवर्तन आएको विश्वास गर्छन ।

चाख लाग्दो विषय भनेको युरोप वरिपरिका अधिकांश जनताका लागि अधिकांश अन्तर्राष्ट्रिय सहयोग संगठनहरूको प्रयासबाट कोरोनाको क्षति कम गर्न सकिएको विश्वास गरिए पनि यो विश्वास डेनमार्कका लागि गरिएको छैन ।

विश्वभर २ करोड मानिस कोरोना संक्रमित भएको पुष्टि भइसकेका छन । अन्तर्राष्ट्रिय सहयोग संगठनको प्रयासबाट विश्वभरको यो संख्या अहिलेसम्म घटाउन सकिएको विश्वास छ ।

७८ प्रतिशत डेनमर्कका जनताहरूले अन्तर्राष्ट्रिय सहयोग संगठनहरूको सहयोगबाट कोरोना संक्रमितको संख्या कमी नआएको विश्वास गर्छन ।
प्रतिवेदनमा उल्लेख भए अनुसार जर्मनीमा पनि अधिकांशले सहयोग संगठनका कारण कमी नआएको बताएका छन ।

डेनमार्कमा पहिलेका भन्दा बढी जनता एकताबद्ध भएको ७२ प्रतिशतले जनाएका छन ।

अमेरिकाका ७७ प्रतिशतले देशमा कोरोना भाइरसका लागि भएका प्रयासका विषयमा विभाजित धारणा रहेको बताएका छन ।

नेपाल जस्ता देशले डेनमार्कको मोडालिटीको अनुशरण किन नगर्ने ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस