Techie IT
×
गृहपृष्ठजनमञ्चडेंगुले महामारीको रुप लिन नपाओस्

डेंगुले महामारीको रुप लिन नपाओस्


कोभिड १९–को संक्रमणबाट केही सहज हुँदै गएको नेपाल यतिबेला डेंगुबाट आक्रान्त बन्दै गएको छ । हालसम्म डेंगुका बिरामी ७२ भन्दा बढि जिल्लामा देखिएको सरकरी तथ्याङ्क छ । नेपाल सरकार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमण रोकथामका लागि काम गरिरहेको भएता पनि त्यो प्रभावकारी ढंगलेअघि बढ्न सकेको छैन ।

डेंगु संक्रमण बढेसँगै यसले महामारीको रुप लिने त होइन भन्ने धेरैमा चिन्ता बढ्दै गएको छ । डेंगु पुष्टि हुने क्रमसँगै अस्पतालहरुमा बिरामीको संख्यामा पनि दिनानुदिन वृद्धि भएको । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले डेंगुका बिरामी बढेसँगै डेंगु क्लिनिक सुरु गरेको छ । हाल दैनिक कम्तीमा १७० भन्दा बढी बिरामी लक्षणका साथ क्लीनिकमा आइरहेको अस्पातलले जनाएको छ । संक्रमण भएकाहरुको उपचारमा अस्पतालका बेडहरु अपुग भई बिरामीलाई भुईँमै सुताएर उपचार गनुएपर्ने परिस्थिती सिर्जना भएको छ ।

देशका मुख्य सहर र मानव बसोबास रहेका स्थान नजिक जथाभावि फ्याकिएका फोहोर, पानी जम्ने खाल्डा, नहर आदिमा फोहोर पानी जमेकाले लामखुट्टेले त्यही पानीमा जमेका फोहोरमा फूल पार्नु र बच्च हुर्काउनु नै डेंगु रोग देशव्यापी फैलिनु प्रमुख कारण हो । पानी संकलन हुने सामान/भाँडा, गमला वा खाल्डो आदिमा लामखुट्टेका लार्भा सहज वृद्धि विकास हुने भएकाले त्यस्ता ठाउँहरुमा विशेषत निगरानी गर्नुपर्दछ ।

यदि डेंगु समयमै डेंगु नियन्त्रण हुन सकेन भने यसले महामारीको रुप नै लिने र धेरै जन धनको क्षति हुने भएकाले सरकार र यसका ‘स्टेकहोल्डर’हरु, स्वास्थ्य क्षेत्रमा काम गर्ने एनजीओ आइएनजीओहरु बढि कृयाशील हुन जरुरी छ । देशलाई डेंगु महामारीबाट जोगाउन राजनीतिक दलहरु पनि उत्तिकै जिम्मेवार बन्न आवश्यक छ ।

लामखुट्टेको नियन्त्रण अझै गरिएन भने दसैं तिहार पछाडिसम्म पनि डंगु संक्रमण बढिरहन सक्छ । यसमा संघीय सरकारले मात्र काम गरेर पुग्दैन । प्रदेश सरकार, नागपालिका, गाउँपालिका, स्थानीय तहका युवा क्लब, स्वास्थ्य स्व्यंसेविकाहरु परिचालन गरी रोकथामसम्बन्धी अभियानहरु सञ्चालन गर्न जरुरी छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै केसहरु पुष्टि भएका थिए । सबैभन्दा धेरै २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो जसले महामारीको रुप लिएको थियो । त्यतिबेला डेंगुबाट पाँच जनाको मृत्यु भएको थियो । हालको बढ्दो अवस्था हेर्दा पुनः २०१९ कै अवस्था नदोहोरिएला भन्न सकिन्न ।

देशभरका सबै जिल्लामा डेंगुको केसका आधारमा किटहरु उपलब्ध गराइनु पहिलो आवश्यकता हो । उचित बजेट बिनियोजन गरेर पालिका र प्रदेशले पनि आफैं किटहरु खरिद गर्न जरुरी छ । डेंगुको प्रकार अध्ययन गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा विश्व स्वास्थ्य संगठनसँग छलफल चलाउनु अपरिहार्य छ ।

डेंगु रोकथाम तथा नियन्त्रणकालागि देशका सबै वडाहरुमा अभियान सञ्चालनकालागि अभिमुखीकरण तालिम दिन ढिला भइसकेको छ । केही स्थानीय तहका वडाहरुले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सुरु गरेका छन् । यो अभियान निरन्तर जारी राख्नुपर्छ ।

चिकित्सकहरुका अनुसार विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ । दुखाइसँगै उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, वाक–वाक वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, खानामा अरुचि देखा पर्नु हाल डेंगु संक्रमितहरुमा देखिँदै आइरहेका प्रमुख लक्षणहरु हुन् ।

यदि डेंगु समयमै डेंगु नियन्त्रण हुन सकेन भने यसले महामारीको रुप नै लिने र धेरै जन धनको क्षति हुने भएकाले सरकार र यसका ‘स्टेकहोल्डर’हरु, स्वास्थ्य क्षेत्रमा काम गर्ने एनजीओ आइएनजीओहरु बढि कृयाशील हुन जरुरी छ । देशलाई डेंगु महामारीबाट जोगाउन राजनीतिक दलहरु पनि उत्तिकै जिम्मेवार बन्न आवश्यक छ ।

 


क्याटेगोरी : जनमञ्च, बिचार, स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस