Techie IT
×
गृहपृष्ठबिचारबैकल्पिक मिडियाको प्रारम्भिक बयान–१

बैकल्पिक मिडियाको प्रारम्भिक बयान–१


साना लगानी वा स्वरोजगारमूलक माध्यम :

कोभिड –१९ को महामारीसंगै साना लगानी वा स्वरोजगारमूलक सञ्चार माध्यमको विजोक भएको छ । यो महामारीको प्रभावले साना लगानी वा स्वरोजगारमूलक सञ्चार माध्यमकोमात्र विजोक भएको होइन एकहदसम्म बैकल्पिक सञ्चार माध्यमको पनि तेजोबध भएको अर्थमा लिन सकिन्छ ।

यसमध्ये छापामाध्यमका वैकल्पिक सञ्चारमाध्यम बढी प्रभावित छन् । करिव ३ हजारको हाराहारीमा प्रकाशित भैरहेका र करिव एक हजारको हाराहारीमा नियमित प्रकाशनमा आइरहेका सम्बन्धित निकायबाट परीक्षणप्राप्त मुलुकभरका पत्रपत्रिकाहरु गएको चैत्र महिनाको पहिलो हप्ताबाट प्रकाशनमा छैनन् । यी मध्ये केही सिमित अखबारले पुनःप्रकाशनमा ल्याएपनि नियमित हुन अझै सकेका छैनन् । लकडाउनको कारण ती पत्रिका स्थानहद भएका छन् । तिनका डिजिटल माध्यम मात्र प्राप्त छन् ।

बैकल्पिक मिडिया मूलधारको मिडियाको विकल्प हो । बैकल्पिक मिडिया विचारधारासंग अन्तरसम्बन्धित छ । मिडियाको नाम बैकल्पिक राखेर मात्र हुनेहैन । जनताको मात्र हैन जनताहरुको विचारलाई समृद्ध गर्ने माध्यमको नाम नै बैकल्पिक मिडिया हो । मूलधारको मिडियाले सरकार र कर्पोरेट (निगम) घरनाको पक्षपोषण गर्छ ।

सूचना विभागले तोकेको पृष्ठसंख्याको त कुरै छोडौं परीक्षणको न्युनतम अंक पनि यी अखबारले पु¥याउन सक्ने सम्भावना छैन । सरकारले तोकेको न्युनतम पारिश्रमिक दिएर काम लगाउने सम्भावना पनि छैन । विज्ञापनको बजार ध्वस्त भैसकेको छ । लगानीले सानो संख्याको स्वरोजगार पत्रकारहरुलाई पनि बेरोजगार बनाएको छ । साना लगानीका विद्युतीय माध्यमहरु जेनतेन चलेका छन तर, तिनको पनि विचलन सुरु भैसेकेको छ । यी माध्यमहरुको पुनस्थापना हुन सकेन भने विचार अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकबाट आमसमुदाय बञ्चित हुनेछन् । यसले जनपक्षीय राजनैतिक अभियानलाई निषेध गर्नेछ ।

बैकल्पिक मिडियाको अन्तरङ्ग :

बैकल्पिक मिडिया मूलधारको मिडियाको विकल्प हो । बैकल्पिक मिडिया विचारधारासंग अन्तरसम्बन्धित छ । मिडियाको नाम बैकल्पिक राखेर मात्र हुनेहैन । जनताको मात्र हैन जनताहरुको विचारलाई समृद्ध गर्ने माध्यमको नाम नै बैकल्पिक मिडिया हो । मूलधारको मिडियाले सरकार र कर्पोरेट (निगम) घरनाको पक्षपोषण गर्छ । मूलधारका मिडिया स्वभावैले भारी लगानीको माध्यमबाट व्यापारिक रुपले स्थापित हुने भएकोले यस्ता मिडियाले शक्तिको लागि सरकार र पैशाको लागि कर्पोरेट घरानाको पक्षपोषण गर्छन । यसर्थ यस्ता मिडियाले जनताको सुसुचित हुने अधिकारलाई अदेखा गर्छन् ।

यहिँनेर आएर बैकल्पिक मिडियाको आवश्यकता भएको हो । नेपालको सन्दर्भमा यस्ता बैकल्पिक मिडियाको प्रतिनिधित्व हिजो प्रायस साप्ताहिक, पाक्षिक तथा मासिक अखबारले गरेका थिए । तर, जसै प्रजातन्त्र वा पार्टी स्वतन्त्रताको युग आयो यी माध्यम बैकल्पिक मिडियाको सिद्धान्तबाट धेरै च्युत भए । जति च्युत भएनन् तिनले पनि नेतृत्व गर्न सकेनन् । नेतृत्व गर्न नसक्ता फस्टाएनन् पनि । पछिल्लो समयमा केही विद्युतीय माध्यम (खासगरी अनलाइन) ले बैकल्पिक मिडियाको रुप दिन खोजेका थिए तर, ती पनि असमयमै बन्द हुन पुगे ।

बैकल्पिक मिडियाको परिचय :

मूलधारको मिडिया सरकारको प्रतिनिधित्व गर्ने र कर्पोरेट घरानाको इच्छा पुरा गर्ने साधन हो । यसको ठीक विपरितको माध्यम बैकल्पिक मिडिया हो । जसले जनताको र जनताहरुको विचारलाई अभिव्यक्त गर्छ । प्रोफेसर जोन डिएच डुइङका अनुसार बैकल्पिक मिडिया आमूल परिवर्तन पक्षपाती हुन्छ ।

यस्तो मिडियाले कुनै प्रभुत्वशाली विचारको नीति, प्राथमिकता र परिवेशका विरुद्ध बैकल्पिक धारणा राख्दछ । यो परिभाषा अन्तर्गत सभ्रान्त वर्गको बर्चस्वको विरुद्ध जानु बैकल्पिक मिडियाको योजना तथा कार्यक्रम हुनेछ । मूलधारका मिडिया सरकार र कर्पोरेट घरानाको लगानी र नियन्त्रणमा हुन्छ । बैकल्पिक मिडिया नाफारहीत मिडिया हो । यसले उपेक्षित समुदायको वकालत गर्छ । गरिव, पिछाडी परेका वा पारिएका, अल्पसंख्यक, सिमान्तकृत र जनजातीय समुदाय, किसान र मजदूरको हितमा बैकल्पिक मिडियाले पैरवी गर्छ ।

आमसञ्चार सम्बद्ध अर्का प्रोफेसर क्रिस्टोफर फ्रेंक एटोनले बैकल्पिक मिडिया उत्पादन सानो स्केलबाट सुरु गर्दै प्रभुत्वशाली समूह र व्यक्तिलाइ काउण्टर दिने मिडियाको रुपमा अथ्र्याएका छन् । बैकल्पिक मिडियाका सन्दर्भ र आवश्यकताको विषयमा अनेक विद्वानले मसी खर्चेका छन् । पब्लिक स्पेयर, सामाजिक आन्दोलन, सामुदायिक प्रतिनिधित्व बैकल्पिक मिडियाका सूचना स्रोत हुन । जनताबाट लिएर जनतालाइ दिने न्यायसंगत पद्धतिको माध्यम बैकल्पिक मिडिया हो । जनतालाई विश्वविद्यालय ठान्ने प्रवृत्ति यसको मूख्य विशेषता हो । तर, नेपालको सन्दर्भमा आज बैकल्पिक मिडिया स्थापित छ ? यो प्रश्न उनुत्तरित छ । यो प्रश्नको उत्तर बैकल्पिक मिडियाले दिनु पर्छ ।

रहलपहल :

बैकल्पिक मिडिया बारेको यो प्रारम्भिक बयान हो । यसको पृष्ठभूमि, चरित्र र विशेषताको बारेमा यसपछिको दोस्रो बयानमा अभिलेख गरिनेछ । यतिकै सन्दर्भमा पनि आलोचनात्मक टिप्पणी आयो भने यो विषयलाइ समृद्ध गर्न सकिने छ । नेपालको सन्दर्भ र कोभिड महामारी पछिको बैकल्पिक मिडियाको रुपरेखा तयार गर्न यो आलेखको प्रस्ताव हो ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार