Techie IT
×
गृहपृष्ठबिचारनेपाली कांग्रेसमा सभापतिको उम्मेदवारको लर्को

नेपाली कांग्रेसमा सभापतिको उम्मेदवारको लर्को


काठमाडौं । आसन्न १४ औं महाधिबेवेशनका लागि नेपाली कांग्रेसमा सभापतिको उम्मेदवारको लर्को लाग्ने देखिएको छ । अहिलेसम्म एक दर्जन जतिले सभापति पदमा उम्मेदवार घोषणा गरेका छन्, जसमध्ये आधा दर्जन जति मैदानमै उत्रिने सम्भावना देखिएको छ ।

‘म सभापतिको उम्मेदवार हुँ’ भन्दै कार्यकर्तालाई फोन गर्नेहरुमा हालसम्म सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व उपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता डा. शेखर कोइराला, युवा नेता गगन थापा लगायत छन् । यी नौ जना नै उम्मेदवार हुने सम्भावना छैन । कोइराला परिवारबाट एकै पदमा दुई जनाले प्रतिस्पर्धा गर्ने सम्भावना छैन ।

डा.शेखर धेरै अघि बढिसकेका छन् । आफ्नो उमेदवारी कुनै पनि हालतमा नरोकिने डा. शेखरको भनाइ छ । यो अवस्थामा डा. शशांक सभापति पदमा उम्मेदवार नहुने आँकलन धेरैको छ । समाचार स्रोतका अनुसार उनले उपसभापति पदमा आफ्नो जीत सुनिश्चित गर्ने रणनीति अपनाएका छन् । सभापतिका लागि सहयोग माग्न जाने सबैलाई उनले शुभकामना दिने गरेका छन् । अर्थात ‘मेरो सहयोग रहन्छ तपाई ढुक्क हुनु’ भन्ने गरेका छन् । सभापतिका सबै उम्मेदवारको समर्थन लिएर उपसभापति निर्वाचत हुने र १५ औं महाधिबशेनमा सभापति पद सुरक्षित गर्ने रणनीति शशांकले अघि बढाएका छन् ।

वरिष्ठ नेता पौडेल र पूर्व उपसभापति प्रकाशमान सिंहले डा. शेखर कोइरालालाई साथ दिने सम्भावना स्पष्ट भइसकेको छैन । गत १४ औं महाधिबशेनमा शेखरको हार्दिक सहयोग नपाएकै कारणले हारेको अनुभूति वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । त्यसैले पौडेल सके आफै उठ्ने नभए प्रकाशमानलाई अघि बढाउने रणनीतिमा छन् ।

यता संस्थापन पक्षभित्र सभापति देउवा र उपसभापति निधि दुवैको उम्मेदवारी पर्ने निश्चित जस्तै भएको छ । हुनत गोपालमानले पनि उम्मेदवारी घोषणा गरेका छन् तर उनको घोषणा निधिलाई सहमतिमा आउन वाध्य पार्ने देउवाको अस्त्र हो । यो कुरा निधिले बुझी सकेका छन् । यता विगतमा जस्तै कोइराला परिवारको भोट काट्न देउवाले कृष्ण सिटौलालाई तयार गरेका छन् । पूर्वी नेपालबाट धेरै उम्मेदवार भएको अवस्थामा आफूलाई सहज हुने रणनीति अन्तर्गत देउवाले यसपटक पनि सिटौला अघि सारेका हुन् । गण्डकीभन्दा पश्चिम तर्फबाट देउवा मात्रै सभापति पदको उम्मेदवार हुने तर गण्डकीभन्दा पूर्वबाट चार जनाको उम्मेदवारी हुने सम्भावना देखिएको छ ।

उपसभापति निधि उम्मेदवार हुँदा पनि देउवाले आँट गर्नुलाई अर्थपूर्ण मानिएको छ । विगतमा पनि सभापति देउवाले सुदूरपश्चिम र कर्णाली क्षेत्रबाट एकलौटी भोट पाउँदै आएका थिए । त्यो ‘स्टे«न्थ’ अझै कायमै छ । बुटवलको तिनाउ नदी भन्दा पश्चिमतर्फको एकता तथा क्षेत्रीयताबाद नेपाली कांग्रेसको राजनीतिमा विचित्र मानिन्छ । यता मधेसी भोट बैंक सँधै कोइराला परिवारको पक्षमा रहँदै आएको छ । मधेसी भोट बैंकमा निधिले दख्खल पु¥याउने भएका कारण डा. शेखरलाई आफूले सजिलै पछार्न सक्ने ठम्याइमा देउवा छन् । तर, निधिको पक्षमा को को एक्स्पोज हुन्छन् हेर्न बाँकी छ । बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की लगायतका धेरै नेताहरु देउवासँग असन्तुष्ट छन् । यो साथ निधिले पाए भने देउवाले उम्मेदवारी छाड्न सक्छन् । त्यसो त पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा समेत भित्री रुपमा निधिको पक्षमा सक्रिय छन् । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार